विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

युथ फर ह्युमराईट हिरो अवार्ड २०१९ अधिकारकर्मी सबिता न्यौपानेलाई

  • 131
  •  
  •  
  •  
  •  
  •  
  •  
    131
    Shares

काठमाडौ १० वैशाख । युबा मानवअधिकारकर्मी सबिता न्यैपाने युथफर हुमनराईट हिरो अवार्ड २०१९ बाट सम्मानित भएकी छन । उनी मानवअधिकारको क्षेत्रमा सक्रियरूपमा कार्यरत थिइन ।

सातौं दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलन राजधानीमा एक समारोहबीच सम्पन्न भएको थियो । यो सम्मेलनमा नेपाल लगायत भारत, पाकिस्थान, बंगलादेश, इन्डोनेशिया, ताइवान र अमेरिकाका झण्डै १०० युवाहरको सहभागी रहेको थियो । दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य सुदिप पाठकले मानवअधिकारको सवालमा सबै नागरिक सुसुचित हुनु पर्ने र यसको लागि आयोगले धेरै कार्यक्रमहरु गर्दे आएको बताउनुभयो । साथै, युवाहरुमा झन मानवअधिकारको बारेमा सचेतना अभियान गर्नु पर्नेमा समेत जोडदिनुभयो ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई अझ मानवअधिकारको बारेमा शसक्तिकरण गर्ने पर्नेमा जोड दिँदै राज्लले युवाहरुलाई स्वदेशमा रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो

मानवअधिकारको क्षेत्रमा कार्यरत रही काम गर्दै आउनु भएका युवामानवअधिकारकर्मी सबित न्यैपाने हयुमन राइट्स हिरो अवार्ड २०१९ बाट प्रमुख अतिथिले सम्मानित गर्नु भएको थियो

यस सम्मेलनमा युवाहरुले मानवअधिकारका विविध समस्या र युवाअधिकारको बारेमा बिशेष छलफल र कार्यपत्रहरु प्रस्तुत गरेका थिए । यो सम्मेलनको आयोजना युथ फर हयुमन राइट्स इन्टरनेसनल र युथ फर हयुमन राइट्स नेपालले गरको हो ।

उद्घानटन सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, युथ फर हयुमन राइट्स इन्टरनेसनलका सभापति डा। मेरी, कादम्बरी मेमोरियल कलेजका कलेज प्रमुख प्रदिप्ता कादम्बरी, युथ फर हयुमन राइट्स नेपालका राहुल केसी र रिसी गौतम गायत अथितिहरुको उपस्थिति रहेको थियो ।

अमेरिकामा स्थापना भएको यो युथ फर हयुमन राइट्स इन्टरनेसनलले विश्वभरी नै मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र मानवअधिकार शिक्षालाई आफनो अभियानको रुपमा फैलाउदै आएको छ । मानवअधिकार शिक्षा अभियानको लागि यो संस्था अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त मानवअधिकार संस्था हो ।


  • 131
  •  
  •  
  •  
  •  
  •  
  •  
    131
    Shares
प्रतिक्रिया
Loading...