17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

प्रचण्डलाई ओलीको दिए ‘डिजिटल’ बधाइ

अचम्मका खबरप्रचण्डलाई ओलीको दिए 'डिजिटल' बधाइ

काठमाडौं २५ मंसिर

चितवन क्षेत्र नम्बर ३ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फराकिलो मत अन्तरले विजयी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्। प्रचण्डको तस्बिरसहितको बधाइ सन्देश ट्वीट गर्दै ओलीले बधाइ दिएका हुन्।

एक पार्टीका अध्यक्षले अर्को पार्टीका अध्यक्षलाई चुनाव जितेकोमा पार्टी हैसियतबाट आधिकारिक बधाइ दिएको यो पहिलो हो। वाम गठबन्धनका सबै विजयी उम्मेद्वारलाई ओलीले बेग्लाबेग्लै बधाइ दिएका छन्।

ओलीले ट्वीट मार्फत प्रचण्डलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेका हुन्। चितवनबाट चुनाव लडेका दाहाललाई जिताउन एमालेले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको थियो।

चितवन ३ बाट माओवादी अध्यक्ष प्रचण्ड निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेलाई ९ हजार ३२७ मत अन्तरले पछि पार्दै जित दर्ता गराएका हुन्। मतपरिणामअनुसार प्रचण्डले ४८ हजार २६९ मत प्राप्त गरेका छन् भने राप्रपाा पाण्डेको पक्षमा ३८ हजार ९४२ मत छ।

7.8kViews

Check out our other content

Check out other tags:

Most Popular Articles