20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

अनौठो क्याफे जहाँ मज्जाले तोडफोड गर्न पाइन्छ

अचम्मका खबरअनौठो क्याफे जहाँ मज्जाले तोडफोड गर्न पाइन्छ

अर्काको सम्पत्ति तथा मालवस्तु तोडफोड गरिदिने अधिकार कसलाई पो हुन्छ र ? तर अहिले एउटा यस्तो क्याफे छिरेको छ जसमा तपाइँले आफुलाई चाहेको कुरा तोडफोड गर्न सक्नुहुन्छ ।भारतको इन्दोरमा खुलेको छ यस्तो क्याफे । तपाइँले मज्जाले तोडफोड गर्न सक्नुहुन्छ । यसरी तोडफोड गरिरहँदा तपाइँलाई कसैले रोक्दैन, कारवाही गर्दैन । कारवाही त भोग्नु पर्दैन, तर यसरी तोडफोड गर्नका लागि तपाइँले सुरुमै अनुमति लिँदा केही शुल्क तिर्नुपर्ने हुन्छ ।मध्यप्रदेशको इन्दोरस्थित चन्द्रनगरमा खुलेको यो अनौठो क्याफेको नाम भडास क्याफे हो । रिसले मुर्मुरिएका मानिसहरु यो क्याफेमा छिरेर भकाभक तोडफोड गर्छन् र रिस शान्त भएपछि तनावमुक्त महसुस गर्दछन् ।उक्त क्याफेमा तपाइँले जे मनलाग्यो त्यहीँ फोड्न सक्नुहुन्छ । सिसाको गिलास, कप, कुर्सी, टिभी, ल्इापटप, कम्प्युटर, घडी जस्ता सबै चिज पाइन्छन् जो फुटाउँदा तपाइँलाई मज्जा आउनेछ ।रिस शान्त पार्नका लागि त्यहाँ पन्चिङ ब्यागदेखि बेलुन सम्म छन् । त्यहाँ तोडफोडका लागि जानेहरुले २ देखि ५ भारु दिएर गिलास फोड्न पाउँछन् । ५० भारु दिएर घडीलाई टुक्राटुक्रा पार्न सक्छन् । जति महंगो सामान फोड्न चाहनुभयो उति नै बढि रकम तिर्नुपर्ने हुन्छ । तर सामानको खास मूल्यको तुलनामा त्यहाँ तिर्नुपर्ने शुल्क चाहीँ निकै कम हो ।यो क्याफेको खास विशेषता के भने त्यहाँ ग्राहकलाई कुनै रोकतोक हुँदैन ।अतुल मलिकराम नामका युवाले उक्त क्याफे खोलेका हुन् । यो भारतको पहिलो भडास क्याफे हो । आजको भागदौडपूर्ण जिन्दगीमा मानिसहरुको तनाव, डिप्रेसन, रिस तथा पीडा कम गर्नका लागि यो क्याफेले सहयोग गर्ने दाबी उनको छ ।

यहाँ तोडफोड गरेर कुनैप्नि मानिसले आफ्नो मन शान्त पार्न सक्दछ । मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै तोडफोड गर्ने ग्राहकहरुलाई सुरक्षित ग्लोब्स, हेल्मेट, तथा सूट लगाउन दिइन्छ । यो क्याफेको भित्ता, छत लगायतका सबै ठाउँमा घृणा, रिस, रुवावासी, झगडा जस्ता शव्दहरु ठूला ठूला अक्षरमा लेखिएको छ ।स्मरण रहोस् पश्चिमा देशहरुमा यस्ता क्याफेहरु एंगर रुम नामबाट पहिले देखिनै प्रचलनमा छन् । मानिसहरुमा बढ्दो डिप्रेसनलाई ध्यानमा राख्दै सबैभन्दा पहिले अमेरिकामा यस्तो एंगर रुम खुलेको थियो सन् २००८ मा । त्यसैको सिको गर्दै भारतमा खुलेको भडास क्याफेमा तोडफोडको आनन्द सँगै कफीको चुस्की, मनपर्ने गित संगीत र योगा समेत गर्न पाइन्छ ।

5.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles