विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

विश्वकप : अर्जेन्टिनाविरुद्ध फ्रान्सको सानदार जित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१६ असार, काठमाडौं । विश्वकप फुटबलको नकआउट चरणमा अर्जेन्टिना र फ्रान्सबीचको खेलमा फ्रान्सले ४-३जितेकाे छ । दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता लिए पनि फ्रान्सले लगातार दुई गोल गरेर अग्रता कायम राख्यो ।

पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुमा नै अर्जेन्टिनाका लागि मेकार्डोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

कप्तान लियोनेल मेसीले दिएको पासमा मेकार्डोले बललाई गोलको दिशा दिएका हुन् । तर ५७ औं मिनेटमा फ्रान्सका लागि पाभर्डले गोल थप्दै खेल बराबरीमा ल्याए । ६४ औं मिनेटमा फेरि एम्बाप्पेले गोल गरेपछि फ्रान्सले ३-२ को अग्रता कायम राख्यो ।

खेलमा सुरुमा फ्रान्सले अग्रता लिएको थियो । एन्टोनियो ग्रिजम्यानले पेनाल्टीबाट १३ औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि ४१ औं मिनेटमा अर्जेन्टिनाका एन्जेल डि मारियाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time