Friday, August 7, 2020

समाजवाद निर्माण गरिछाड्छौ ः गृहमन्त्री


राजेन्द्र न्यौपाने
पालुङ्टार, गोरखा । सरकारका गृहमन्त्री रामबहादुर थापाले जसरी पनि समाजवाद ल्याउने बताएका छन् । आज गोरखाको पालुङ्टार स्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औं स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री थापाले भने ‘समृद्ध र सुखी नेपालको स्थापना नै समाजबाद हो, भ्रष्टचारी, दलाली, ठग, तस्कर, घुसखाने प्रशासक, प्रहरी, बैदेशिक रोजगारमा ठगी गर्ने दलालहरु, सिण्डीकेटधारीहरु, उपभोक्ता समितिका नामबाट विकासमा अवरोध पु¥याउनेहरु, महिला दिदी वहिनीहरुलाई वेचविखन गर्नेहरु, काम नगर्ने ठेकेदारहरु, बलत्कार गर्नेहरु, जग्गा दलाल, जनताका काममा ढिला सुस्ती गर्नेहरु समावादका बाधक रहेकाले यिनीहरुलाई ठेगान लगाएर समाजबाद ल्याइन्छ । ’

जनवादी क्रान्ति पूरा भएको बताउँदै अवको क्रान्ति समाजवादी क्रान्ति भएको उनले बताए । समाजबादी क्रान्तिका मुख्य दुश्मनहरु पहिचानको क्रममा रहेको उनको भनाई थियो । सहिदहरुका बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउँदै समाजबाद के हो र यसका बाधक को हुन भनेर गहिरिएर अध्ययन गर्नुपर्ने बेला आएको मन्त्री थापाको भनाई छ ।

जनयुद्धका समय गोरखामा के गरेछन थापाले ?

आज भन्दा तीन दशक अगाडि सिरानचोकको डाँडामा बसेर सल्फर कार्वन घोटेर बारुद्ध निर्माण गरेका थियौं । पार्टी हेडक्वाटर गोरखामा स्थापना गरी गोरखाबाट जनयुद्धको थालनी गरिएको थियो ।

के हो समाजवाद ?

समाजवाद भनेको समृद्धि र विकास हो । जनतालाई समृछ र सुखी बताउने हो । समाजवाद भनेको सबै शिक्षित, सुखी र रोजगार प्राप्त हुने अवस्था हो । हिजोका राजतन्त्र, जमिनदारहरुलाई पन्छाउनका लागि गणतन्त्र स्थापना गरे जसरी नै समाजवाद स्थापनामा बाधा पार्नेहरु विरुद्ध सबै एक भएर लाग्नुपर्छ ।

को हुन समाजवादका विरोधी ?
घुसलिने र दिने, भ्रष्टचारी, जनताका काम नगर्ने प्रशासकहरु, प्रहरीहरु, व्यापार व्यवसायमा सिण्डीकेट कायम राख्न चाहनेहरु, ठेकेदार, ठग, तस्कर, जल, जंगल र जमिनको मिच्याई गर्नेहरु समाजवादका विरोधी हुन ।

सरकार के गरेर बसेको छ ?
नेकपा नेतृत्वमा सरकार बनेको ६ महिना हुँदा सम्म केही प्रगति भएन भनेर बाहिर बजारमा हल्ला गर्नेहरु धेरै छन् । पराजित मानसिकतालाई १०० ले गुणा गरेर जीत खोज्नेहरु यही समाजमा छन् । प्रतिगामि शक्ति राजनैतिक अस्थिरता कायम गरी सरकारलाई कमजोर पार्न उद्धत छ । सरकारले संघीयता लागू गरेको छ । धेरै कामहरु भएका छन् । ठोस योजनाहरु निर्माण भएका छन् । दुस्मनको भ्रममा हामीहरु पर्नुहुुँदैन । सरकारको कामहरुमा चिन्ता र चासो राख्नु सल्लाह दिनु आम नागरिकहरुको कर्तव्य हो । सरकार समृद्ध राष्ट्र निर्माणका लागि काम गरिरहेको छ ।

सहिद सुरेश वाग्ले स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा मन्त्री थापाले लिगलिगकोट, हर्मीकोछ, स्मृति प्रतिस्ठान र सिरान्चोकलाई एउटा सर्किटको रुपमा विकास गर्नुपर्ने र आफू सहयोगका लागि तयार रहेको बताए ।
कार्यक्रममा नेकपाका गण्डकी प्रदेश संयोजक हितराजपाण्डेले सहिद सुरेश वाग्ले र भिमसेन पोखरेलले देखाएको बाटोमा अविचलित भई निरन्तर काम गरिरहने बताए । प्रतिनिधि सभाका सभासद हरीराज अधिकारीले सहिद स्मृति प्रतिष्ठानले युद्ध संग्रहालय निर्माणको योजना बताउनुपर्ने बताए ।

कार्यक्रममा सहित सुरेश वाग्लेका छोरा विकास वाग्ले, नेकपाका नेता जुद्ध विलास भण्डारी, प्रदेश सभासद हरीशरण आचार्य लगायतले स्मृति मन्तव्य राखेका थिए । सुरेश वाग्ले र भीमसेन पोखरेलको २०५६ साल भदौ २३ गते गोरखाको गाँखुमा प्रहरीले हत्या गरेको थियो । प्रतिष्ठानले कार्यक्रममा विभिन्न विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षता र महासचिव लेखनाथ न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •