विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

भ्रमण बर्षमा घुम्न जाने मन छ ? यस्ता छन् चितवनका घुम्नै पर्ने ठाउँहरु (सूची सहित)

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

१६ माघ । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाइरहेको छ । काठमाण्डौँमा बस्दाबस्दै कहिलेकाँही उपत्यका बाहिर निस्कन मन लाग्यो भने के गर्ने भनेर धेरैलाई चिन्ता लागीरहेको हुन्छ ।तर अब चिन्ता मान्नुपर्दैन । बिहान गएर बेलुका घरै फर्केर आउन मिल्ने त्यस्ता सयौँ गन्तव्यहरु रहेका छन् । अझ केटाकेटीको जाडो बिदाको बेला पारेर वा शुक्रबार तथा शनिबार पारेर पनि घुम्न जाने गन्तव्यहरु नेपाल भित्रै पनि थुप्रै रहेका छन् । विदेशीले नेपाल आएर हेर्ने कतिपय कुराहरु हाम्रा लागी नौला नहुन सक्छन् । तर हाम्रा बाबुनानीहरुलाई समय समयमा विभिन्न यात्राहरुमा लगियो भने प्राकृतिक रुपमै पुनर्ताजगी प्राप्त हुन्छ । एक विद्वानले भने अनुसार यात्राले मानिसलाई धेरै कुरा सिकाउँछ । अझ हरियाली वातावरणले आँखाको ज्योति बढाउने तथा प्राकृतिक उर्जाको सञ्चार गर्ने विभिन्न योग गुरुहरुले बताउँछन् ।

काठमाण्डौँबाट झण्डै ४ देखी ५ घण्टाको दुरीमा रहेको चितवन जिल्ला काठमाडौँबाट नजिकै रहेको घुमफिर गर्ने गन्तव्य हो । यो जिल्लाको नाम लिने बित्तिकै अधिका‌ंश मानिसहरुलाई सौराहा र नारायणी किनार तथा देवघाट मात्रलाई चिन्ने गरिन्छ । त्यसो त यो जिल्ला पहाडको उच्च भूभागदेखि भारतसम्म फैलिएको तराईको समथर भूभाग र घना जंगल भएको जिल्ला हो । यस्तो भौगोलिक, धार्मिक, सामाजिक,  ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका चितवन जिल्ला घुम्न जाँदा छुटाउनै नहुने प्रमुख गन्तव्यहरु यहाँ उल्लेख गरिएको छ ।

भरतपुर महानगरपालिका भित्र पर्ने मुख्य गन्तव्यहरु :

१) मेघौली
२) सीतामाई तथा पटिहानी
३) जगतपुर
४) देवघाटधाम
५)ज्ञानेश्वर व्लक
६) बीसहजारी ताल तथा बाटुलीपोखरी
७) कसरा (गोही प्रजनन केन्द्र तथा विक्रमबाबा)
८) गोलाघाट
९) वागिश्वरी
१०)गणेशधाम
११) वीपी शान्तिनगर वन तथा नारायणी बीच क्षेत्र
१२) गाजीपुर तथा सिमरीटाउन क्षेत्र
१३) महाबौद्ध गुम्बा
१४) राइनो ताल तथा धनगढा मन्दिर
१५) चितवन पदर्शनी केन्द्र
१६) बखान बहुउद्देश्यीय सहकारी संस्था
१७) रानीपोखरी
१८) प्राङ्गारिक कृषि उत्पादक सहकारी संस्था
१९) संयुक्त राप्ती दुन मध्यवर्ती सामुदायिक वन तथा देवीस्थान पार्क
२०) चौकीडाँडा\कविलासपुरगढी
२१ ) दियालो बंगला

रत्ननगर नगरपालिका भित्रका क्षेत्रहरु :

२२) सौराहा
२३) बाघमारा सामुदायिक वन
२४) कृष्ण प्रणामी मन्दिर धर्मधाम
२५) टिकौली

खैरहनी नगरपालिकामा भएका प्रमुख पर्यटकीय गन्तव्यहरु :

२६) कुमरोज सामुदायिक वन
२७) कठार
२८) कंकाली सामुदायिक वन तथा कंकालीकोट

कालिका नगरपालिका क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यहरु:

२९) सिन्ती झरना
३०) शक्तिखोर
३१ ) भीमबली बाबा तथा लट्टेश्वर महादेव
३२ ) थाङ्खोला सामुदायिक वन

राप्ती नगरपालिकाकामा भएका प्रमुख पर्यटकीय गन्तव्यहरु :

३३) परेवाकोट
३४ ) पिपुल्स पार्क
३५) राप्ती एकता मध्यवर्ती सामुदायिक वन
३६) शिखर हरियाली इको टुरिजम पार्क

माडी नगरपालिकामा भएका प्रमुख पर्यटकीय आकर्षणहरु:

३७) एकीकृत सोमेश्वरगढी
३८) एकीकृत पाण्डवनगर क्षेत्र
३९) वैकुण्ठताल
४०) दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर
४१ ) गोपालनगर माछापोखरी
४२) बाँदरमुढे एवम् पुष्पमदन बाटिका
४३) वाल्मीकि आश्रम
४४) त्रिवेणीधाम

इच्छाकामना गाउँपालिकामा भएका प्रमुख पर्यटकीय गन्तव्यहरु:

४५) सिराइचुली
४६) उपरदाङगढी
४७) इच्छाकामना मन्दिर
४८) जलवीरे लामोझरना
४९) कुरिनटार मनकामना केबुलकार
५०) चेपाङ हिल ट्रेल

 


  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares
प्रतिक्रिया
Loading...