विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यलयमा तोडफोड

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौँ,२९ वैशाख। त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तोडफोड भएको छ । आईतबार दिउँसो सेवा आयोगको कार्यालयमा तोडफोड गरिएको हो।

खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै असन्तुष्ट विद्यार्थीहरुको समूहले तोडफोड गरेका हुन्।महानगरीय प्रहरी वृत्त किर्तिपुरका अनुसार तोडफोडबाट सेवा आयोग कार्यालयमा क्षति पुगेको छ। नतिजा प्रकाशनमा असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीले तोडफोड गरेको प्रहरीले जनाएको छ।

विद्यार्थीहरुले सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन्। ज्ञापन पत्र बुझाउने क्रममा उनीहरुले तोडफोड र कुर्सी जलाउने काम गरेका हुन्। तोडफोडमा संलग्न भएको आरोपमा नेविसंघका ५ जना विद्यार्थीलाई प्रक्राउ गरिएका छन्। पक्राउ पर्नेहरुमा नेविसंघ कार्यकर्ताहरु केदार पाण्डे, श्याम ओझा, योगेन्द्र रावल, केआर पाण्डुलिपि, रोहित काफ्ले रहेको नेविसंघ त्रिवि इकाई सभापति हरि आचार्यले बताए।

सेवा आयोगले लिएको खुल्ला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठनका पहुँचवाला नेता र विभिन्न राजनीतिक पार्टीका नेताका नातेदारहरुको नाम निस्किएको थियो। वैशाख १३ गते नतिजा सार्वजनिक गरिएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time