Browsing Category

राष्ट्रिय

नेपालमा कुद्न थाल्यो रेल ,रेल आउनु दुई घण्टा अगावैदेखि स्थानीय कुरेर बसे

पथरी, १८ कात्तिक । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३ दशमलब ३ किलोमिटरसम्म विस्तार र…

गाडी किन्न सांसदले मागे थप बजेट

संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ । चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो । सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी,…

जनप्रतिनिधिहरु ताँती लागेर विदेश भ्रमणमा

काठमाडौं - कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन्। जनप्रतिनिधिलाई सघाउन भन्दै उनीहरूको पछिपछि कर्मचारी पनि लर्को लागेकै छन्। गत वर्ष मात्रै ५ हजार ११ जना कर्मचारी…

भूकम्पपीडितको जस्तापाता तीन वर्षदेखि चौरमै अलपत्र

वीरगन्ज – राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पुर्याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको छ । आजको राजधानीमा समाचार छापिएको छ । नेपाल खाद्य संस्थानको खुला चौरमा विद्यालयका…

तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ अनुसन्धान

कञ्चनपुर - निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद देखाएका…

पार्टीको विधान केन्द्रीय सदस्यलाई नै थाहा छैन

काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यहरुले नै पार्टीको विधानबारे अनभिज्ञता प्रकट गरेका छन् । अध्यक्ष मण्डलका शीर्ष नेताहरुबीच आपसी छलफल भई निर्वाचन आयोगमा पठाइएको सो विधान आफूहरुलाई भने उपलब्ध नगराइएको पार्टीका…

दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीकाे तयारी, काम नगर्ने मन्त्री हटाइदिन्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। सरकारमा रहेकी केही मन्त्रीको कार्यशैलीप्रति चौतर्फी गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले सो गुनासोलाई सम्बोधन गर्दै काम नगर्ने मन्त्रीलाई हटाउने तयारी…

आज महानवमी

काठमाडौँ, १ कात्तिक-आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष…

कपिलवस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै

प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतले सीमावर्ती सिद्धार्थनगरमा…

तुलसीपुरमा नियमित विमान सेवा सुरु

तुलसीपुर,असोज २२ । तुलसीपुर उपमहानगरपालिकाको पहलमा सोमबारबाट टरिगाँउ विमानस्थलमा हवाइ सेवा सुरु भएको छ । तत्कालका लागि सातामा दुइपटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट उडान आरम्भ गरेको हो । इन्धन डिपो नहुँदा तत्कालका…

चाडको मौका छोपेर मूल्यवृद्धि गरेको थाहा पाए, हामीलाई फोन गर्नू : आपूर्तिमन्त्री यादव :९८२३–२३७५८८

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनीको बजार भाउ नबढेको र अभाव पनि नभएको स्पष्ट पारेका छन्। आइतबार रिपोर्टस क्लबमा बोल्दै मन्त्री यादवले कुनै मूल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे। ‘बजारमा चिनीको कुनै अभाव…

मनसुन बाहिरिएसँगै चिसो बढ्यो

मनसुन बाहिरिएसँगै शुक्रबारदेखि नेपालमा चिसो बढ्ने क्रम सुरु भएको छ। बर्खायाममा सक्रिय हुने मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले…

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २१ असोज।  धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ । कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ…

सिके राउत पक्राउ:राज्यविरुद्धको अपराधमा मुद्दा चलाइने

गौर, २१ असोज  । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित…

नेपाल १४० रनले विजयी ,थाइल्याण्ड १८ रनमा समेटियाे ,सन्दीपको पाँच विकेट

काठमाडौँ, २२ असोज ।आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २०…

माधवकुमारको छमछमीले दर्शकको मन जित्यो:सोही मञ्चका प्रचण्डले देखेनन्

काठमाडौँ, २० असोज । सधैँजसो राजनीतिक गतिविधि तथा कूटनीतिक भेटघाटमा सक्रिय रहनुहुने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छमछमी नृत्य प्रस्तुत गर्दाको दृश्यले धेरै दर्शकको मन जित्यो । रौतहट–काठमाडौँ सम्पर्क समन्वय कमिटीले विजया दशमी, दीपावली…

नागरिकसँग चन्दा उठाएर विशाल परियोजना बनाउँदै पाकिस्तान : नेपालले पनि सिक्ने कि पाठ

काठमाडौँ, २० असोज । चन्दा उठाएर साना र समान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ । तर पछिल्लो पटक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५३००…

आत्मरक्षा शिविर:आत्मरक्षाका लागि महिला तयार हुन जरुरी

कैलाली, २० असोज।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने महिला हिंसाका घटनामा कमी ल्याउन महिला स्वयम तयार हुनु जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले आज धनगढीमा आयोजना गरेको महिलाका लागि…

लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा

काठमाडौँ, २० असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाएर पत्रकारिता गरे लोकतन्त्र बलियो हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “लोकतन्त्र बलियो भए मात्र पत्रकारिता अझ बलियो हुन्छ । अब पत्रकारिताको ध्येय…

बलात्कार घटना चलखेल : गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ। धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा…

नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा

आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु…

उपाधि जित्ने लक्ष्य सहित नेपाली क्रिकेट टोली मलेसियातर्फ

काठमाडौँ – मलेसियामा बुधबार सुरु हुने सुरु हुने टी–२० विश्वकपको उप–क्षेत्रिय छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया तर्फ प्रस्थान गरेको छ । प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित टोली मलेसिया प्रस्थान गरेको हो ।…

बंगबन्धु गोल्डकप आजदेखि, नेपालले भोलि खेल्ने

काठमाडौं – पाँचौ संस्करणको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता आज देखि बंगलादेशमा शुरु हुदैछ । उद्घाटन खेलमा आयोजक बंगलादेशले लाओससँग प्रतिस्पर्धा गर्दैछ । खेल सिलेटस्थित रंगशालामा स्थानिय समयअनुसार साँझ ६ः३० बजेपछि शुरु हुनेछ । दुवै टोली…

सरकारले नयाँ सवारी भाडादर तोक्यो(नयाँ भाडा सूचीसहित)

काठमाडौँ- सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर…

निर्मला हत्याकाण्डमा गृहमन्त्रीको अपडेट : प्रहरीको गम्भीर कमजोरी, अनुसन्धान तीब्र

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान तीब्र पारिएको बताएका छन् । मंगलवार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्षसँग समय लिएर घटना अनुसन्धानबारे अपडेट गराउँदै गृहमन्त्री थापाले…

सिके राउत का २० जना समर्थक पक्राउ

परासी, ३ असोज - संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २० जना कार्यकर्ता पश्चिम…

१८ बुँदे घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक सम्पन्न

काठमाडौँ, १५ भदौ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको…

करको भ्रम चिर्नुस्– प्रधानमन्त्री

काठमाडौँ, १२ भदौ - प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक प्रणाली स्थापना…

भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन् ः प्रधानमन्त्री ओली

काठमाडौँ, १२ भदौ - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका सहमति र सम्झौता कार्यान्वयनका चरणमा रहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले दुवै मुलुकबीच गठन भएको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनअनुसार दुवै मुलुकबीच भएका…

सांसदको प्रश्न, प्रधानमन्त्रीको जवाफ

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्माले, कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको बताउनुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन र मुलुकका…

आज रक्षाबन्धन र जनैपूर्णिमा मनाइँदै (फाेटाे फिचर)

१० भदौ, काठमाडौं । आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको…

निर्मला प्रकरण ः छानबिन समितिले काम थाल्यो

भीमदत्तनगर, ८ भदौ - कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले यहाँ आएर छानबिन थालेको छ । आज भीमदत्तनगर आइपुगेको गृहमन्त्रालयको…

कालिमाटि तरिकारी बजारमा सरकारलाई चुनौती दिने ९८ स्टलको सम्झौता खारेज

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ । सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको हो । ‘सरकारबाट सटर…

तरकारीको सिण्डिकेट तोड्ने अन्तिम तयारीमा सरकार

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गरेको छ । सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गरिएको उद्योग वाणिज्य तथा आपूर्ती…

गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको ‘साहै रमाइलो ’ ( हेर्नुहोस भिडियो )

एस वि एस एस म्युजिक प्रालीको प्रस्तुतिमा गायक नारायण पौडेल र सुमन महतको संयुक्क्त तीजको गीत ‘साहै रमाइलो ’ गीतमा गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको आवाज रहेको गीत बजारमा आएको छ । समय र परिस्थितीले गर्दा आफनी माइती घर जान नपाएका…

कामु प्रन्या जोशीको अस्वीकृती माथि नै शंका

काठमाडौं । कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको संसदीय सुनुवाई विशेष समितिको निर्णय हेर्दा यस्तो प्रश्न उठ्छ- समिति कहाँ चिप्लिएछ? समितिले ४५ दिनभित्र सुनुवाई गरिसक्नुपर्ने नत्र प्रस्तावित व्यक्तिको स्वतः नियुक्ति…

फेसबुकमा पनि कर

४ भदौ, काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र…

रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिस बमोजिम गर्न माग

काठमाडौँ, ४ भदौ (रासस) ः रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका…

विद्युत चुहावट नियन्त्रण पछी विद्युत प्राधीकरण १ अर्ब एक कारोड भन्दा बढि मुनाफामा

काठमाण्डौं, १ भदौ । नेपाल विद्युत प्राधीकरणले स्थापनाको ३३ औँ बर्ष पुरा गरेको छ । सोहि अवसरमा प्राधिकरणले एक कार्यक्रम बिच आफ्नो बार्षिक प्रतिवदन प्रस्तुत गरेको हो । गत आर्थिक बर्षमा औद्यागीक ग्राहकहरुमा समेत लोडसेडिङ अन्त्य गर्दै प्राधिकरण…

शुक्रबार भनेकाे कलंकी अण्डरपास संचालनमा आउन अझै ४ दिन लाग्ने

काठमाण्डौं, १ भदौ । चक्रपथ सडक सुधार आयोजनाका अन्तर्गत निर्माण गरिएको काठमाण्डौंको कलंकी अण्डरपास आजदेखि सञ्चालनमा आउने भनिए पनि संचालनमा आएको छैन । सेप्टीको कामहरु पुरा नभएको र ब्यारीयर लगाउन अझै बाकी भएका कारण अन्डरपास संचालनमा आउन अझै…

पेट्रोलमा कर, बारीको रुख काट्दा कर, मेहेन्दी लगाउनेलाई पनि कर

मकै पोल्नेलाई र भैँसी बेच्नेलाई कर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । खुद्रा तरकारी व्यापारीलाई…

पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा पूर्व वरिष्ठ प्रहरी अधिकृतहरुको सम्मान तथा विदाई…

काठमाडौं, २५ साउन-नेपाल प्रहरीबाट सेवानिबृत्त भएका पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्व प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षकहरु तथा पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु लगायत नेपाल प्रहरी श्रीमती संघका पूर्व पदाधिकारीहरुको नेपाल पुलिस क्लव…

कडा मुलुकी ऐन : धर्म परिवर्तन गराए पाँच वर्ष जेल : अरू के के छन हेर्नुहाेस्

काठमाडौं : आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय व्यवस्था गरिएको छ। सार्वजनिक सेवा,…

७ करोड चन्दा असुली आरोपमा पुर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाइृ पक्राउ गरिएको छ । हेटौँडाबाट काठमाडौं आउने क्रममा उनीसहित केन्द्रीय…

कालाबजारी गर्ने अब जेल जानुपर्ने

विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई…

मार्सी चामलको इतिहास र वर्तमान

राजनीति तरङ्ग ल्याएको जुम्लाको मार्सी धान अहिले जति चर्चामा छ, उत्तिकै बजारसमेत यसले पाउन थालेको छ । यो पटक मार्सी चामलको बजार बढेपछि गत वर्षको बचेको चामल जुम्लाबाट बाहिर गइरहेको छ । जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १ लिताकोट गाउँबाट…

अब धूवाँ फ्याँक्ने गाडी गुडाउन नपाउने

काठमाडौं - सरकारले आगामी भदौ १ गतेदेखि धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।सवारी साधनबाट निस्कने धूँवाको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरण समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं– कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो । यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।…

व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्न माग

काठमाडौं - बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राको आचरणप्रति अमर्यादित टिप्पणी गर्ने व्यवसायी दुर्गा प्रसाईं र पूर्व कानुनमन्त्री शेरबहादुर तामाङप्रति सरकारको आधिकारीक धारणा नआए आन्दोलनमा उत्रने नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन,…

अवकाश रोजेका ४ सय ६७ कर्मचारीबाट निवेदन फिर्ता

काठमाडौं - स्वैच्छिक अवकाश रोजेका ४ सय ६७ कर्मचारीले स्वैच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । निवेदन फिर्ता गर्नेमा सचिव डा. सरोज पोखरेल र सन्तु कोइरालासहित ६ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन…