Browsing Category

स्थानिय

कुटपिटबाट ज्यान गएपछि आठजना प्रहरी नियन्त्रणमा

परासी, २४ कात्तिक (रासस) : पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच आपसी विवाद हुँदा कुटपिटसमेत…

पक्राउ परेका जुवाडे, छुटाउन राजनीतिक दबाव

धनगढी २१ कात्तिक- जिल्ला प्रहरी कार्यालय कैलालीले जुवातास खेलिरहेका जुवाडेहरुलाई २ लाख ७४ हजार ८ सय ४५ रुपैयाँसहित  २० जना  पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई छुटाउन प्रदेशका मन्त्रीका पिएदेखि स्थानीय राजनैतिक दलका प्रमुखहरुले समेत दवाव…

स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

रुपन्देही - रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ । मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए…

नेपालमा कुद्न थाल्यो रेल ,रेल आउनु दुई घण्टा अगावैदेखि स्थानीय कुरेर बसे

पथरी, १८ कात्तिक । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३ दशमलब ३ किलोमिटरसम्म विस्तार र…

मोटरसाइकल दुर्घटनामा मृत्यु

बागलुङ, १७ कात्तिक  जिल्लाको बडिगाड गाउँपालिका–२ लु६प ८१३७ नम्बरकोे मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका–६ निवासी मेनुका शर्माको मृत्यु भएको छ भने उनका श्रीमान्…

खारेजीमा परेका कार्यालयले सामान बुझाएनन्

बाँके, १६ कात्तिक (रासस) ः खारेजीमा परेका जिल्लाका सरकारी कार्यालयहरुले स्थानीय तहलाई सामान बुझाइसकेका छैनन् । सरकारको निर्णयअनुसार खारेजीमा परेका बाँकेका सरकारी कार्यालयहरुले जिन्सी सामान स्थानीय निकायलाई हस्तान्तरण गरिनुपर्ने प्रावधान छ ।…

गाडी किन्न सांसदले मागे थप बजेट

संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ । चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो । सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी,…

स्थानीय तहले न्याय दिन सकेन

काठमाडौं - स्थानीय तहले दिने न्याय प्रभावकारी हुन नसक्दा जनता अन्यौलमा परेका छन । न्यायिक प्रक्रियाले गति नलिँदा स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने न्यायिक प्रकृया बिश्वासिलो हुन नसक्दा सर्वसाधारण जनता अदालतको ढोका ढककढ्याउन बाध्य भएका…

मधेस मुद्दामा प्रधानमन्त्रीको चासो

काठमाडौं - संविधान संशोधनसहित मधेसवादी दलको मुद्दा सम्बोधन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । आफूहरूको माग सम्बोधन गर्नमा चासो नराखेको आरोपसहित राष्ट्रिय जनता पार्टी…

जनप्रतिनिधिहरु ताँती लागेर विदेश भ्रमणमा

काठमाडौं - कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन्। जनप्रतिनिधिलाई सघाउन भन्दै उनीहरूको पछिपछि कर्मचारी पनि लर्को लागेकै छन्। गत वर्ष मात्रै ५ हजार ११ जना कर्मचारी…

कृषि क्षेत्रको सम्भाव्यता खोज्न चिनियाँ टोली नुवाकोटमा

नुवाकोट – तरकारी एवं फलफूल खेतीको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सरकारी टोली आज नुवाकोट आएको छ । नेपाल सरकार र चीन सरकारबीच ‘कृषिमा सहकार्य’ गर्न भएको समझदारीअनुसार कृषि क्षेत्रको विज्ञ सम्मिलित पाँच जनाको टोली नुवाकोट आएको हो । टोलीमा…

कानुन नहुँदा प्रदेशसभा सदस्यहरु तनावमा

काठमाडौं - केन्द्र सरकारले संविधानबमोजिम ऐनहरु प्रदेश सरकारमा नपठाउँदा आफूहरु निकै मारमा परेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । ऐनहरु प्रदेशमा नजाँदा कर्मचारी समायोजन, व्यवस्थापन,…

८२ पोका गाँजासहित युवती पक्राउ

भक्तपुर, १० कात्तिक ।अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया…

दोलखामा जलेर एकै परिवारका २ जनाको मृत्यु, एक घाइते

दोलखा- दोलखाको गौरिशंकर गाउँपालिका–१२ तासिनाममा एक घर जल्दा एकैपरिवारका २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । गोपाल शेर्पाको घरमा भएको आगलागीमा परि उनकी ८० वर्षीय आमा डालिका शेर्पा र उनका १२ वर्षीय छोरा मिङ्मादोर्जे…

तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ अनुसन्धान

कञ्चनपुर - निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद देखाएका…

कोठा-कोठा पसेर क्रिस्चियन धर्म प्रचार

गोरखा - गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् । आजको अन्नपूर्ण पोस्टले पृष्ठ ९ मा यो समाचार छापेको छ । धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । 'बिहान…

नाबालिकाको जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त पक्राउ

सुनसरी, ४ कात्तिक - नाबालिकाको अपहरण, जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त महोत्तरी भङगाहा नगरपालिका-६ बस्ने २६ वर्षीय भरत साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । महोत्तरी औरही नगरपालिका-१ बस्ने ८ महिनाकी नाबालिकालाई गत भदौ १० गते…

प्रहरी उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस

काठमाडौं, ४ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्त प्रकरणको छानबिनमा लापरवाही गरेको भन्दैे तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश…

सङ्घीय कानून नबन्दा प्रदेश सरकार अन्योलमा

जुम्ला, १ कात्तिक : सङ्घीय सरकारले आवश्यक ऐन कानून नबनाउँदा प्रदेश सरकार अन्योलमा परेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताउनुभएको छ । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले कानूनी बाटो नदिँदा प्रदेश सरकार…

नुवाकोटमा पौडी खेल्ने क्रममा एककाे मृत्यु

विदुर, १, कात्तिक : नुवाकोटको विदुर नगरपालिका–२ का १९ वर्षीय सुवास भण्डारीको पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । बुधबार दिउँसोदेखि नदीमा बेपत्ता भएका सुवासको शव खोज्न विपद् व्यवस्थापन तालीम केन्द्र चितवनबाट आएका सशस्त्र…

दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीकाे तयारी, काम नगर्ने मन्त्री हटाइदिन्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। सरकारमा रहेकी केही मन्त्रीको कार्यशैलीप्रति चौतर्फी गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले सो गुनासोलाई सम्बोधन गर्दै काम नगर्ने मन्त्रीलाई हटाउने तयारी…

टिपर दुर्घटनामा तीनको मृत्यु

धादिङ, २७ असोज  पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे…

१० महिनादेखि जनप्रतिनिधिविहीन मनाङ

काठमााडौं - काठमाडौं ७ मा उपनिर्वाचन गराएर संसद छिर्ने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित  हुँदा मनाङ ख भने हालसम्म जनप्रतिनिधिविहीन छ । निर्वाचनको एक बर्ष नबित्दै कायम रहेका जनप्रतिनिधिलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्ने…

तुलसीपुरमा नियमित विमान सेवा सुरु

तुलसीपुर,असोज २२ । तुलसीपुर उपमहानगरपालिकाको पहलमा सोमबारबाट टरिगाँउ विमानस्थलमा हवाइ सेवा सुरु भएको छ । तत्कालका लागि सातामा दुइपटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट उडान आरम्भ गरेको हो । इन्धन डिपो नहुँदा तत्कालका…

निर्मला हत्याकाण्ड ः दुई प्रहरी निलम्वनमा

काठमाडौँ, २२ असोज - निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते…

चाडको मौका छोपेर मूल्यवृद्धि गरेको थाहा पाए, हामीलाई फोन गर्नू : आपूर्तिमन्त्री यादव :९८२३–२३७५८८

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनीको बजार भाउ नबढेको र अभाव पनि नभएको स्पष्ट पारेका छन्। आइतबार रिपोर्टस क्लबमा बोल्दै मन्त्री यादवले कुनै मूल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे। ‘बजारमा चिनीको कुनै अभाव…

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २१ असोज।  धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ । कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ…

सिके राउत पक्राउ:राज्यविरुद्धको अपराधमा मुद्दा चलाइने

गौर, २१ असोज  । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित…

माधवकुमारको छमछमीले दर्शकको मन जित्यो:सोही मञ्चका प्रचण्डले देखेनन्

काठमाडौँ, २० असोज । सधैँजसो राजनीतिक गतिविधि तथा कूटनीतिक भेटघाटमा सक्रिय रहनुहुने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छमछमी नृत्य प्रस्तुत गर्दाको दृश्यले धेरै दर्शकको मन जित्यो । रौतहट–काठमाडौँ सम्पर्क समन्वय कमिटीले विजया दशमी, दीपावली…

आत्मरक्षा शिविर:आत्मरक्षाका लागि महिला तयार हुन जरुरी

कैलाली, २० असोज।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने महिला हिंसाका घटनामा कमी ल्याउन महिला स्वयम तयार हुनु जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले आज धनगढीमा आयोजना गरेको महिलाका लागि…

लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा

काठमाडौँ, २० असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाएर पत्रकारिता गरे लोकतन्त्र बलियो हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “लोकतन्त्र बलियो भए मात्र पत्रकारिता अझ बलियो हुन्छ । अब पत्रकारिताको ध्येय…

हनुमन्ते खोलाकाे नवनिर्मित पुल अाजदेखि सञ्चालनमा

काठमाडौँ, २० असोज - भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण गरिएको पुल आजदेखि सञ्चालनमा ल्याइएको छ । हनुमन्ते खोला पुल उपभोक्ता समितिले मध्यपुरथिमि नगरपालिका–१ घलातेमा रु २९ लाख ३५…

सुदूरपश्चिमका १२ स्थानमा ‘नागरिक सहायता कक्ष’

१८ असोज, डोटी । दशैँ तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले सुदूरपश्चिम प्रदेशका १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन…

निजीले वृद्धि गरिएको शुल्क नलिन आदेश

मङ्गलवारे, १८ असोज - इलामका निजी तथा आवासीय विद्यालयले चालू शैक्षिक सत्रमा वृद्धि गरेको शुल्क लिन नपाउने भएका छन् । न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । विराटनगर उच्च अदालत इजलास इलामले…

बलात्कार घटना चलखेल : गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ। धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा…

मानव बेचबिखनको काठमाडौं–दिल्ली–खाडी ‘कनेक्सन’ ( पूरै नालीबेली )

नेपाल आज पनि मानव बेचबिखनको एक स्रोत मुलुक बनिरहेको छ, कसरी ? ३ वैशाख २०७५ मा पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकी नाकाहुँदै भारत छिर्न खोजेका दुई महिला त्यहीं रोकिए । सीमा प्रहरी र माइती नेपालको ‘बोर्डर सर्भिलेन्स टीम’ लाई उनीहरूको…

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक : मुआब्जा वितरण शुरु

असोज १५, बेत्रावती– राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा रकम वितरण गर्न थालिएको छ । पहिलो चरणमा जिल्लाको साविकका तीन गाविस…

धनगढी बन्द अाज पनि, दुई तिहाईको दम्भमा निरंकुशतन्त्र लाद्न खोजेको आरोप

धनगढी। प्रदेश नम्बर ७ को राजधानी धनगढीबाट सार्ने निर्णय भएकोमा आन्दोलनरत धनगढीबासीले आह्वान गरेको बन्द आज पनि जारी छ । बुधबार प्रदेशसभाले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका सार्ने प्रस्ताव गरेदेखि नै धनगढीवासी…

सरकारले नयाँ सवारी भाडादर तोक्यो(नयाँ भाडा सूचीसहित)

काठमाडौँ- सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर…

निर्मला हत्याकाण्डमा गृहमन्त्रीको अपडेट : प्रहरीको गम्भीर कमजोरी, अनुसन्धान तीब्र

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान तीब्र पारिएको बताएका छन् । मंगलवार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्षसँग समय लिएर घटना अनुसन्धानबारे अपडेट गराउँदै गृहमन्त्री थापाले…

६० किलोको एउटै लौका

काठमाडौं– तपाईंले चार पाँच किलो वा त्यो भन्दा केही ठूला लौका उत्पादन भएको देख्नु, सुन्नु वा उत्पादन गर्नुभएको छ होला । तर चीनका किसानले एउटै लौका ६० किलो भन्दा धेरै तौलको उत्पादन गरेका छन् । चीनको जाइछेन्का किसानले १ मिटर भन्दा लामो र…

सिके राउत का २० जना समर्थक पक्राउ

परासी, ३ असोज - संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २० जना कार्यकर्ता पश्चिम…

समाजवाद निर्माण गरिछाड्छौ ः गृहमन्त्री

राजेन्द्र न्यौपाने पालुङ्टार, गोरखा । सरकारका गृहमन्त्री रामबहादुर थापाले जसरी पनि समाजवाद ल्याउने बताएका छन् । आज गोरखाको पालुङ्टार स्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औं स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री…

आफू जीवित रहेको प्रमाणित गर्न खोज्दै रामसेवक यादव

महोत्तरीका ५८ वर्षीय रामसेवक यादव जीवित छन्, तर राज्यको दृष्टिमा उनको मृत्यु भइसक्यो। आफ्नै मृत्युदर्ताको प्रमाणपत्र बोकेर उनी आफू जीवित रहेको प्रमाण जुटाउन खोज्दैछन्। छब्बीस वर्ष भारतमा बसेर चार वर्षअघि घर फर्किएका यादवका अनुसार उनको…

विद्युत् चोरी गर्ने २८ पक्राउ

गौशाला, १५ भदौ - विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको…

करको भ्रम चिर्नुस्– प्रधानमन्त्री

काठमाडौँ, १२ भदौ - प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक प्रणाली स्थापना…

भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन् ः प्रधानमन्त्री ओली

काठमाडौँ, १२ भदौ - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका सहमति र सम्झौता कार्यान्वयनका चरणमा रहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले दुवै मुलुकबीच गठन भएको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनअनुसार दुवै मुलुकबीच भएका…

आज रक्षाबन्धन र जनैपूर्णिमा मनाइँदै (फाेटाे फिचर)

१० भदौ, काठमाडौं । आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको…

निर्मला प्रकरण ः छानबिन समितिले काम थाल्यो

भीमदत्तनगर, ८ भदौ - कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले यहाँ आएर छानबिन थालेको छ । आज भीमदत्तनगर आइपुगेको गृहमन्त्रालयको…

दार्चुलामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या

बैतडी, ६ भदौ - दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय…