विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

‘ट्वाइलेट पेपर’ सर्च गर्दा गुगलले देखायाे पाकिस्तानको झण्डा

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं ८ फागुन । गुगलमा ‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा देखिने गरेको छ । यसविषयलाई लिएर ठुलो ओचना भएपछि गुगलले आफ्नो पक्षबाट स्पष्टिकरण दिएको छ ।


सर्च इन्जिन गुगलले ‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा देखिनुमा आफूहरुको दोषी नभएको बताएको छ ।
गुगलमा ट्वाइलेट पेपरको ठाउँमा पाकिस्तानको झण्डाको तस्वीर देखिएको प्रमाण अझैसम्म फेला नपरेको गुगलका प्रवक्ता बताउँछन् ।

कैयौँ व्यक्तिहरुले ट्वाइलेट पेपरसर्च गर्दा आएको पाकिस्तानको तस्विरको स्क्रिन सट फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सन्जालहरुमा शेयर गरेको पाइन्छ ।

ट्वीटरमा #Best_toilet_paper_in_the_world ह्यासट्याग ट्रेन्डिङमा पनि देखिएको थियो ।

यो खबर भाइरल भए देखि ति सबै तस्विरहरुको र्याङ्किङ जाँच भइरहेको गुगलका प्रवत्ताले जानकारी दिए । तरगुगल सर्च रिजल्ट अबौं कि बोड्र्सको र्याङ्किङको आधारमा देखिने उनको भनाइ छ ।

याङ्किङ व्यापकता र लोकप्रियता जस्ता दुई सय वटा कारणबाट तय हुन्छ । गुगलमा एउटा कुरा सर्च गर्दा अर्कै देखिएको यो पहिलो घटना भने होइन ।

यसअघि ‘फेकु’, ‘पप्पु’ र ‘इडियट’ शब्द सर्च गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखिएको थियो । यस्तै ‘भिखारी’ सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्वीर देखिन्थ्यो ।

इडियट’ शब्द सर्च गर्दा डोनाल्ड ट्रम्पको फोटो देखिएपछि अमेरिकी सांसदहरुले गुगलका सीईओ सुन्दर पिचाईसँग जवाफ समेत मागेका थिए । सर्च रिजल्टसँग मजाक गर्न गुगल गुगलका कर्मचारीहरुका लागि सम्भव नभएको पिचाईको भनाइ थियो ।

‘सर्च रिजल्ट त अल्गोरिदम अर्थात गणना गर्ने कम्प्युटरको विधिबाट देखिन्छ कर्मचारीहरुबाट होइन ।’ उनले भनेका थिए ।

१४ फेब्रवरीमा जम्मु काश्मिरको पुलवा जिल्लामा आक्रमणपछि गुगलमा ‘वेस्ट ट्वाइलेट पेपर इन् द वल्ड’ सर्च गर्दा पाकिस्तानको झण्डाको तस्वीर देखिएको थियो । यस विषयलाई लिएर गुगलको आलोचना भएको थियो । यस विषयमा अझैँ पनि अनुसन्धान जारी नै छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time