विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

आजको राशिफल: १९ चैत्र २०७५ मंगलवार

  • 476
  •  
  •  
  •  
  •  
  •  
  •  
    476
    Shares

वि.सं. २०७५ साल चैत १९ गते। मंगलबार। इश्वी सन् २०१९ अप्रिल २ तारिख। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वादशी, ८:५३ बजेउप्रान्त त्रयोदशी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्यमा व्यवधान आइपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 476
  •  
  •  
  •  
  •  
  •  
  •  
    476
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time