Monday, July 6, 2020

आजको राशिफल: ९ चैत्र २०७५ शनिवार

वि.सं. २०७५ साल चैत ९ गते। शनिबार। इश्वी सन् २०१९ मार्च २३ तारिख। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– तृतीया, २६:१२ बजेउप्रान्त चतुर्थी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । रचनात्मक काममा जुट्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा विवादपनि रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा रहला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । लाभदायक यात्रा रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । सरकारी निकाएको भय रहला ।

 

डोमेन, होस्टिङ तथा तपाइले चाहे जस्तो वेभसाइड मात्र १५ हजारमा । सम्पर्क ९८५११९४७२०
अरु वेभसाइड बनाएर मात्र छाड्छन तर हामी उपलब्ध गराउँछौ तपाइलाई लाइफ टाइम सर्भिस ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •