विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

आजको राशिफल: २५ चैत्र २०७५ सोमवार

  • 150
  •  
  •  
  •  
  •  
  •  
  •  
    150
    Shares

वि.सं. २०७५ साल चैत २५ गते। सोमबार। इश्वी सन् २०१९ अप्रिल ८ तारिख। नेपाल संवत् ११३९ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– तृतीया, १५:३२ बजेउप्रान्त चतुर्थी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्य सफल रहनेछन । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । श्रमको उचित मुल्याङ्न हुनेछ ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेकोे र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहला । कुविचारमा मन जाला । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 150
  •  
  •  
  •  
  •  
  •  
  •  
    150
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time