Thursday, September 24, 2020

पढ्नुपर्छ भन्ने थाहा छ र पनि पढ्न मन नै लाग्दैन !यस्तो छ सजिलो उपाय

विश्रास न्यूज-  के तपाइलाई पनि पढ्नु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि पढ्नै मन लाग्दैन ? भोलि पढ्छु भन्दाभन्दै परिक्षा आइसकेको हुन्छ । यस्तो समस्या धेरैमा हुन्छ । कोही विद्यार्थीहरु लामो समय पढ्नै सक्दैनन । कतिपयलाई त किताव पनि छुन मन लाग्दैन । पढाइ भनेपछि आँसु झार्नेहरु पनि समाजमा प्रशस्तै भेटिन्छन । तपाईंमा पनि यस्तो समस्या छ भने अब चिन्ता लिएर बस्नु पर्दैन, त्यसको उपयुक्त समाधान हामीसँग छ । फ्रेससँग पढन र ज्ञान आर्जन गर्न चाहनुहुन्छ भने यी विधि अवलम्बन गर्नुहोस ।

१. पढन त कसलाई मन लाग्न र ? तर पढन मन लाग्ने बनाउने आफै हो । पनन बस्दा फ्रेस भएर पढ्न सुरु गर्नुहोस । सुरुमा आफुलाई सजिलो लाग्ने वा रमाइलो लाग्ने विषय पढ्नुहोस । सकेसम्म विहान पढन सुरु गर्नुहोस ।

२.थोरै भएपनि नियमित पढने बानी बसाल्नुहोस । जसले गर्दा तपाइलाई पढाइप्रतीको लगाब जागा रहिरहोस ।

३. नियमित पढने तालिका बनाउनुहोस, जसले गर्दा तपाईलाई लगाशिल बनाउन मद्धत गर्दछ ।

४. सकेसम्म बेलुकी पढन छाडनुहोस । किनकी, दिनभरीको थकानले तपाइलाई बोझ बनाएको समयमा पढ्दा पढेको कुरा केही सम्झन सक्नुहुन्न ।

५. बेलुकी सबेरै सुतेर, बिहान सबेरै उठने गनुहोस । जसले गर्दा तपाइको दिनलाई उर्जाशिल बनाउन पनि मद्धत गर्दछ ।

६.उठेर बिस्तारामै किताब लिएर बस्ने बानी छ भने हटाउनुहोस । किनकी बिस्ताराको न्यानोले तपाईको ध्यान पढाईमा भन्दा आराम तिर नै जान्छ ।

७. बिहान उठेर फ्रस भएर, एक गिलास कागती पानी खाएर पढन सुरु गर्नुहोस, कागती पानीले तपाईको निद्राको अन्त्य र दिमागलाई फ्रेस बनाउन सहयोपग गर्छ ।

८. पढ्दा यसरी वा त्यसरी भन्दापनि आफुलाई सजिलो लाग्ने विधि अपनाउनुहोस ।

९. सम्भव छ भने कुनै पनि कुरा पढ्दा चुइगम चपाउने गर्नुहोस । यसले तपाईंलाई अल्छी बन्न नदिने र छिटो दिमागमा पढेको कुरा घुसाउन मद्धत गर्छ ।

१०. पढाइ राम्रो गरेको खण्डमा दैनिक तालिका पनि राम्रो हुन्छ र परीक्षाको बेलामा पनि तनाव हुँदैन भन्ने कुरा मनमा राख्नुहोस ।

११. पढ्न बस्दा मोबाइल फोन टाढा राख्नुहोस । पढ्नुअघि फेसबुकमा फोटो वा स्ट्याटस नराख्नुहोस ।

हामीले माथी उल्लेख गरेका टिप्सलाई तपाइले १० दिन कार्यान्वयन गरेर हेर्नुभयो भने तपाईको पढाइ प्रतीको मोह फेरिनेछ।

 

  • 481
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    481
    Shares

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 481
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    481
    Shares