विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

यसरी फसे प्रधानमन्त्री चिनी व्यापारीको जालमा

  • 285
  •  
  •  
  •  
  •  
  •  
  •  
    285
    Shares

काठमाडौं २५ चैत- सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न एक लाख मेट्रिक टन आयात गर्दा आन्तरिक माग धान्न सकिने दाबी गर्दै ३१ भदौमा यो वर्ष चिनी आयातमा रोक लगाउने निर्णय र्गयो ।

 

नेपालमा बार्षिक २ लाख ८० हजार मेट्रिक टन चिनीको माग भएको र नेपाली चिनी उद्योगबाट १ लाख २० हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यसैले एक लाख टन चिनी आयात भइसकेकाले यो वर्षका लागि थप आयात नगर्ने सरकारी दाबी थियो ।

 

सरकारको निर्णयपछि चिनी अभाव त भएन तर, मूल्य आकासियो । ६५ रुपैयाँ प्रतिकिलो पर्ने चिनीका लागि चाडपर्वको बेलामा उपभोक्ताले ९० र १०० रुपैयाँसम्म तिरे ।

 

सरकारी निर्णयको ६ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी ब्यापारीहरुले आफुलाई गलत तथ्य सुनाएर गलत निर्णय गर्न लगाएको बताएका छन् । ‘अर्को साल पनि हामी चिनी किन्न नसक्ने भयौं । यति धेरै चिनी पाकिस्तानबाट आयो कि अर्को वर्षका लागि स्टक रहने भयो । चिनी आयात रोकिदिनुप¥यो भनियो’, उनले भने, ‘होला भनेर रोकिदिएको भोलिपल्टदेखि बजारमा चिनी छैन ।’

 

नेपाल उद्योग परिसंघको १६ औं बार्षिक साधारणसभामा सोमबार प्रधानमन्त्रीले सुनाए, ‘सस्तो भएर धेरै आयात भयो, अर्को वर्ष पनि बेचिसक्दैनौं भनियो । दशैंको बेला थियो, होला भनेर रोकिदिएपछि ८५ रुपैयाँँ पुग्यो । ६३ मा बिकेन, ५३÷५४ मा बेच्न बाध्य भयौं भनेर ‘। ८५ रुपैयाँ । त्यहि पनि पाइएन, १०५ सम्म पुग्यो ।’

 

उनले अघि भने, ‘यो व्यापार होइन । म सबै साथीहरुलाई भन्न चाहन्छु, ठगी क्रियाकलाप बन्द गरौं ।’

 

उनले नक्कली काम नगर्न व्यवसायीहरुलाई आग्रह गरे । ‘नक्कली भ्याटबिल मात्रै बेच्ने पनि ब्यावसाय, ब्यापार । यस्ता कुराहरु भए भने त न ब्यापार फस्टाउँछ, न समृद्वि ।’

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 285
  •  
  •  
  •  
  •  
  •  
  •  
    285
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time