विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

यस कारण महँगो छ नेपालमा मोबाइल डाटा

  • 304
  •  
  •  
  •  
  •  
  •  
  •  
    304
    Shares

इन्टरनेट मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले सस्तो ब्रोडब्यान्ड इन्टरनेट हुने देशको सूचीमा नेपाल चौधौँ स्थानमा रहेको देखाएको छ तर नेपालमा ब्रोडब्यान्ड इन्टरनेट र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ ।

मोबाइलमा चलाउने इन्टरनेटको मूल्यको सूचीमा भने नेपाल पैँतालिसौँ स्थानमा रहेको छ।

यो मूल्य माल्दिभ्सपछि एक्षिण एशियामा दोस्रो महँगो हो।

इन्टरनेट सेवा प्रदायक भायानेटका विनय बोहरा भन्छन्, ूब्रोडब्यान्ड इन्टरनेटमा तीव्र प्रतिस्पर्धाका कारण हामीले लिने फाइदा सीमित छ।ू

किन भयो डेटा महँगो?
नेपालमा डेटाको मूल्य ब्रोडब्यान्ड भन्दा महँगो हुनुको मुख्य कारण दूरसञ्चार सेवाप्रदायक कम्पनीको सङ्ख्या सीमित हुनुलाई मानिन्छ।

नेपालमा हाल पाँचवटा दूरसञ्चार सेवाप्रदायक कम्पनी सञ्चालनमा छन्।

भारतमा मोबाइल इन्टरनेट किन विश्वकै सबैभन्दा सस्तो
तीस वर्ष पुगेको इन्टरनेटको वेबपेजको इतिहास थाहा पाउनुहोस्
तर तीमध्ये नेपाल टेलिकम र एनसेलको मात्र देशैभरि सञ्जाल रहेका छन्।

इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्तोष सिग्देलका अनुसार नेपालमा डेटा महँगो हुनुको कारण दूरसञ्चार सेवा प्रदायकहरूले इजाजतपत्र नवीकरण गर्नका लागि ठूलो रकम खर्चिनुपर्ने अवस्था हो।

दूरसञ्चार सेवाप्रदायकहरूले इजाजतपत्र नवीकरण गर्नका लागि प्रत्येक पाँच वर्षमा २० अर्ब रुपैयाँ सरकारलाई बुझाउनुपर्ने हुन्छ।


  • 304
  •  
  •  
  •  
  •  
  •  
  •  
    304
    Shares
प्रतिक्रिया
Loading...