विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

भ्रष्टाचारको गन्ध मात्रै आए पनि सिधै कार्वाही गर्ने प्रधानमन्त्रीको चेतावानी

  • 953
  •  
  •  
  •  
  •  
  •  
  •  
    953
    Shares

काठमाडौं, २४ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले कहीँकतैबाट पनि भ्रष्टाचारको गन्ध मात्रै आए पनि सह्य नहुन चेतावानी दिएका छन ।

आइतबार गरिबी निवारण कोषको ७० औं संचालक समितिको सिंहदरबारमा बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य नहुने चेतावनी दिएका हुन् । उनले परिणाम देखिने गरी काम गर्न आग्रह गर्दै भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि सचेत गराए ।

कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिबी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्रै गरिबी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताएका छन् । कोषले गरिबी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ ।

त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताए ।

गरिबी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन । उनीहरुको संचालन र त्यसमा रहेको कोषको परिपाचन पनि स्थानीय तहले नै गर्ने कोषले निर्णय लिएको पनि गरिवी निवारण कोषले जनाएको छ ।


  • 953
  •  
  •  
  •  
  •  
  •  
  •  
    953
    Shares
प्रतिक्रिया
Loading...