Tuesday, August 4, 2020

केही ज्योतिषीहरुले राप्रपा र विप्लवका दक्षिणा लिएका छन्: प्रधानमन्त्री

बुटवल ७, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिषीहरुले मन लाग्दी बोल्दै हिँडेको भन्दै आक्रोश पोखेका छन । दक्षिणाको लोभमा ज्योतिषीहरु त्यसो भनेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे ।

शनिबार जितगढीमा आयोजित विजयोत्सव समारोहमा प्रधानमन्त्रीले भने, ‘जनतामा जान छाडेर कतिपय ज्योतिषीलाइ दक्षिर्णा दिदै उचाल्दै यसो भन्दिनुर्पयो भन्न थालेका छन तर, कोही भ्रममा नपर्नु होला ।’

उनले भने, ‘असार लागेपछि के हुन्छ, पानी पर्छ ।’

उनले राप्रपा र विप्लव समूहमाथि पनि निशाना साँधे । राप्रपातर्फ संकेत गर्दै उनले कतिपयले भने धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको बताए ।

‘उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन’ नेकपा विप्लव समूहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधानविरोधी र अपराधपूर्ण क्रियाकलाप समेत भइरहेका छन्, त्यस्ताको वहकावमा नलाग्न म आग्रह गर्छु ।’

मुलुकले विकास र सुशासनको बाटोमा अगाडी बढेको भन्दै उनले भने अब नअल्मलिने बताए । नेपाललाई गरीब देशको सुची बाट हटाउन आफु तत्पर रहेको भन्दै ओलीले समृद्ध नेपाल सुखी नेपाली नारा त्यत्तिकै अघि नसारिएको बताए ।

साथै नेपाली सेनाको प्रशंसा गरेका प्रधानमन्त्री ओलीले नेपाली सेनालाई वंश र व्यक्तिसँग जोडेर हेर्न नहुने धारणा राखे ।

  • 418
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    418
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 418
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    418
    Shares