0
Share
ताप्लेजुङ, २६ साउन ।
ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलअन्तर्गत बिहीबार चर्च ब्याइज क्लब काठमाडाँै र राष्ट्रिय जागृति क्लब इटहरी भिड्दैछन् । लाखे जात्राका अवसर पारेर २०२९ सालदेखि हरेक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको मा यसपाली पनी प्रतियोगिता आयोजना गरिएको हो । बुधबारको खेलमा साविक विजेता गोर्खा स्पोर्टिङ क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी फुटबल टिम दमक सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा घरेलु दुई टिमसहित विभिन्न जिल्लाका गरी १० टिमको सहभागिता रहेको छ ।
साउन ३० गते सम्पन्न हुने उक्त प्रतियोगिताका विजेताले ट्रफीसहित रु दुई लाख ११ हजार १११ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछ ।
5.9kViews