18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

टेबलटेनिसमा नवीन च्याम्पियन

खेलकुदटेबलटेनिसमा नवीन च्याम्पियन

काठमाडौँ, १३ असार ।

नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा च्याम्पियन बनेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा आज भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । निगमका सुरेशविक्रम हमाल तेस्रो भए ।
निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त प्रतियोगितामा नवीनले सहकर्मी प्रितम प्रधानसँग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे । फाइनलमा नवीन र प्रितमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा पराजित गरे ।
निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रुपमा तेस्रो भए । यसअघि राउन्ड रोविन लिगका आधारमा खेलाइको महिला एकलतर्फ स्पर्धामा रन्जना पोखरेल पहिलो, उषा सिम्खडा दोस्रो तथा निमा डोमा शेर्पा तेस्रो भएका थिए । शीर्ष तीन स्थान हात पार्ने सबै निगमका हुन् ।
विजेतालाई निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा शनिबार आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिनेछ ।
पुरुष÷महिला एकलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः काठमाडौँ–हङकङ–काठमाडौँ, काठमाडौँ–क्वालालम्पुर–काठमाडौँ र काठमाडौँ–बैंकक–काठमाडौँको हवाई टिकट पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । चारदिने उक्त प्रतियोगितामा ४० पुरुष र चार महिला प्रतिस्पर्धीले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । रासस

5.5kViews

Check out our other content

Check out other tags:

Most Popular Articles