18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

खुला टेबलटेनिस प्रतियोगिता

खेलकुदखुला टेबलटेनिस प्रतियोगिता

काठमाडौँ, १३ माघ

‘नवौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगितामा अन्तर सरकारी सेवा समूहअन्तर्गत पुरुष एकलतर्फको खेलमा बबी चन्द विजयी भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा सातदोबाटोस्थित लनटेनिस कोर्टमा आजदेखि सुरु भएको खेलमा बबीले त्रिभुवन विष्टलाई ६–१ र ६–३ ले पराजित गर्दै विजयी भएका हुन् ।
त्यस्तै विकास पाण्डेले डा ईश्वर लोहोनीलाई ६–१ र ६–० ले पराजित गरेका छन् भने अमूल्य सिंह र कैलाश गुरुङले वाक ओभर पाएका छन् ।
यसैगरी पुरुष एकलतर्फको खेलमा रेञ्जन लामाले शौरवराज पाण्डेलाई ६–० र ६–० ले, सक्षम कार्कीले प्रवेश पन्तलाई ६–२, २–६ र ६–४ ले, समयकबहादुर बज्राचार्यले अभिनभ आचार्यलाई ६–० र ६–२ ले तथा कुमार अधिकारीले अमित विष्टलाई ६–० र ६–१ ले पराजित गरे ।
पंकज शर्माले निशान श्रेष्ठलाई ६–२, ४–६ र ६–३ ले, प्रदीप खड्काले हर्षवर्धव चन्दलाई ६–४ र ६–४ ले, आरभ सम्राट हाडाले सन्तोष खत्रीलाई ६–१ र ६–२ ले, जीतेन्द्र परियारले आडित सुवेदीलाई ६–० र ६–० तथा आभाष मल्लले निस्चल अधिकारीलाई ६–० र ६–० ले पराजित गरेका छन् ।
त्यसैगरी आजै भएको महिला एकलतर्फको खेलमा सर्वणी श्रेष्ठले प्रकृती श्रेष्ठलाई ६–२ र ६–२ ले, लुमु छिरिङ लामाले सुरभी कटुवालाई ६–० र ६–० ले र स्नेह यादवले सुभाङ्गी लक्ष्मी शाहलाई ६–१, ४–६ र ६–४ ले पराजित गरे ।
यसैगरी ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा उमेश शाहीले रामेश्वर थापालाई १–६, ७–५ र १०–९ ले पराजित गरेको छन् भने रामु ढकालले वाक ओभर पाएका छन् । त्यसैगरी ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा राजेन्द्र श्रेष्ठले वाक ओभर पाए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा कृष्णकुमार तामाङले लनटेनिसका प्रमुख रेफ्री कृष्णराज घलेलाई बल हस्तान्तरण गर्दै उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा पुरुष १८८ र महिला ३२ जना गरी २२० खेलाडीको सहभागिता रहेको छ । रासस

5.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles