18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

एक लाख राशिको भानु कप फुटबल प्रतियोगिता शुरु

खेलकुदएक लाख राशिको भानु कप फुटबल प्रतियोगिता शुरु

दमौली, २२ असार ।

दुई सय चार औँ भानु जयन्तीका अवसरमा तनहुँको भानु नगरपालिकास्थित डुम्रे भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रियस्तरको भानु कप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।
प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले रेफ्रीलाई बल दिएर उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा धादिङको भद्रकाली युवा क्लबले दमौलीको हैरान्स युवा क्लबलाई २–० गोलले पराजित गरेको छ ।
भद्रकाली युवा क्लबका तर्फबाट सविन बिडारी र शैलेन्द्र तामाङले एक÷एक गोल गरेका थिए । भद्रकाली युवा क्लबका बिडारी म्यान अफ द म्याच घोषित भई आकर्षक पुरस्कार हात पारे । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेतालाई रु एक लाख एक हजार १११ र उपविजेतालाई रु ५० हजार पाँच सय ५५ नगद साथै मेडल ट्रफी र प्रमाण पत्र वितरण गरिने भन्सार युवा परिवारका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता घोषित गरी आकर्षक पुरस्कार प्रदान गरिने छ । रासस 

6.5kViews

Check out our other content

Check out other tags:

Most Popular Articles