अब सार्वजानिक सवारीसाधनमा गित बजाए बापत संगीत रोयल्टी तिर्नु पर्ने

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

काठमाडौं, १९ चैत – यातायात ब्यवस्था विभागले यातायात ब्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै गीत तथा संगीत प्रयोग गरेका सार्वजनिक यातायातले तोकिएको रोयल्टी तिर्नुपर्ने ब्यवस्था गरेको छ।

[dropcap][/dropcap]

श्रष्टाहरुले ज्ञापन पत्र बुझए पछि प्रधानमन्त्री तथा मन्त्री परीषदको कार्यालयले सो व्यवस्था लागु गर्न यातायात विभागलाई निर्देशन दिइ सोमबार देखी यो व्यवस्था देशभर नै लागु गरीएको हो ।

संगीत रोयल्टी संस्थालाई आफ्नो नेटवर्क बनाएर रोयल्टी उठाउने व्यवस्था गरीएको छ । रोयल्टी उठाउँदा क्यास रकम भने उठाउन पाइने छैन यसका लागी बैंकिङ प्रकृयाबाट जानुपर्ने छ । रुट इजाजत तथा विलबुक नविकरण गर्नजादा संगीत रोयल्टी चुक्ता गरेको प्रमाणपत्र पनि अनिवार्य गरीएको छ ।

निजि सवारी साधनमा सो व्यवस्था लागु नहुने भएपनि सार्वजानिक सवारीसाधन कालो नम्वर प्लेटका सवारीलाई भने गित बजाए बापत संगीत रोयल्टी तिर्नु पर्ने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्राइले जानकारी दिए ।

प्रतिलिपी सम्वन्धि अधिकार श्रष्टा प्रतिलिपि प्रयोग गरी सो व्यवस्था अनुसार बसले २ हजार, मिनी बसले १४ सय,ट्रक तथा ट्रिपरले १२ सय र माइक्रो ले हजार रुपया बार्षिक रुपमा बुझाउनु पर्ने व्यवस्था गरीएको हो ।

रोयल्टी उठाउन आजबाट देशभरीका ३४ वटै कार्यालयहरुमा नेपाल संगीत राजश्व संकलन समाजको काउन्टर खुलेर तोकिएको शुल्क उठाउन थालीएपछि  बार्षिक २० करोड राजश्व उठ्ने अनुमान गरीएको छ । सो शुल्क उाइसकेपछि कालो नम्वर प्लेटका सवारी चालकलाई रोयल्टी चुक्ताको प्रमाणपत्र दिइने छ ।नेपाली गित संगीत बाहेक हिन्दी र अन्य गित बजाउन नपाउने प्रावधान चाहि यसमा उल्लेख नगरीएको विभागले जानकारी दियो ।

यो नियम कडाइका साथ देशभरी लागु गरीने र यदि कसैले कर छली गरी यस्तो काम गरेको भेटाइएमा २ लाख रुपया जरीवाना साथै अदालती कारवाहि हुने महानिर्देशक भट्राइले जानकारी दिए तर आवश्यक प्रविधि बीनानै गरिएकाे निर्णय कार्यन्वयनमा भने चुनाैती रहेकाे छ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment