विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

गीत ‘आँशुहरू पिउँदै थिए’: सनुजा श्रेष्ठ

  • 314
  •  
  •  
  •  
  •  
  •  
  •  
    314
    Shares

गीत

थियौ तिमी आफ्नो भेट्न आयौ जीवनमा

आँशुहरू पिउँदै थिए,हाँसे तिम्रो सामुमा

 

जल्दो रहेछ शरीर,गल्दो रहेछ मन…

संसारमा ठूलो कुरा हुदँो रहेछ आफ्नोपन

माया माया भन्थे,धोका पाँए जीवनमा

पिउँदा पिउँदै पानीले नि छाड्दो रहेछ तन

 

थियौ तिमी आफ्नो भेट्न आयौ जीवनमा

facebook boost

आँशुहरू पिउँदै थिए ,हाँसे तिम्रो सामुमा

 

खुसी के हो?दुःख के हो ?धर्तीलाई सोध्छु

पट्केका छन् ,बम र बारूद आफ्नै आगनीमा

रोएका छन् दूधे बालक त्यहि कोक्रामा

हराएका खुसीहरू खोज्छु सपनीमा

 

थियौ तिमी आफ्नो भेट्न आयौ जीवनमा

आँशुहरू पिउँदै थिए हाँसे तिम्रो सामुमा

 

सनुजा श्रेष्ठ (२०७६/२/१५)

भैरवटोल ,पोखरा🇳🇵


  • 314
  •  
  •  
  •  
  •  
  •  
  •  
    314
    Shares
प्रतिक्रिया
Loading...