विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सामुदायिक विद्यालयलाई शुल्क विवरण वुझाउन आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तुलसीपुर,१८ जेठ – तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयहरुलाई शुल्क विवरण वुझाउन आग्रह गरेको छ । सामुदायिक विद्यालयहरुले विभिन्न वहानामा शिक्षा ऐन विपरित शुल्क लिएको भन्ने सुन्नमा आएकाले तत्काल त्यस्तो कार्य रोक्नका लागि आग्रह गरेको हो ।

उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विकको अध्यक्षतामा वसेको वैठकले जेठ २३ गतेसम्म अनिवार्य रुपले सम्पूर्ण विवरण वुझाउन आग्रह गर्ने निर्णय गरेको हो । वैठकले विद्यालयमा शुल्क उठाउने आधार, शिर्षक र प्रक्रियाका वारेमा स्पष्ट पार्न समेत आग्रह गरेको छ । शिक्षा नियमावली २०५९ को नियम १४७ र अनुसुची २२ वमोजिम प्रक्रिया पुर्याएर जानकारी दिनका लागि आग्रह गरिएको छ ।

यसैगरी कतिपय संस्थागत विद्यालयहरुले पारदर्शी विना शुल्क लिएकोमा आपत्ति जनाउँदै सम्पूर्ण शुल्कको विवरण वुझाउन समेत आग्रह गरिएको छ । वैठकले छात्रवृत्ति वितरण गर्दा पारदर्शी रुपमा गर्नुपर्ने कुरा समेत उल्लेख गरेको छ । हरेक वर्ष संस्थागत विद्यालयहरुले छात्रवृत्ति घोषणा गर्दा जनप्रतिनिधिको रोबहरमा मात्रै घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ । वैठकले सम्पूर्ण संस्थागत विद्यालयहरुलाई जेठ ३० गतेसम्म यो आर्थिक वर्षको शुल्क विवरण वुझाउन समेत आग्रह गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै आचार्यले शिक्षाको अवस्था सुधारका लागि सवै एकजुट भएर लाग्नुपर्ने वताइन् । उनले शिक्षामा सबैको पहुँच पुर्याउनका लागि उपमहानगरले ध्यान दिनुपर्ने वताए ।
वैठकमा शिक्षा समिति सदस्य दिपक कुमाल,चित्रा मल्ल, डिला परियार, ढकवहादुर वली, निमित्त शिक्षा प्रमुख वासुदेव लामिछाने, प्रेस संयोजक वसन्त विवश आचार्य र स्रोत व्यक्ति मुकुन्द रिजालले विचार राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time