विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

कविता: समृद्ध नेपाल

  • 501
  •  
  •  
  •  
  •  
  •  
  •  
    501
    Shares

हे युवा जमात
हृदयलाई आकाश झैं
फराकिलो बनाएर,
भावनालाई कन्चन बनाएर ,
मनमा भएका तितो बिर्सिएर
हाम्रो प्रगतिलाइ बाधा गर्ने
सबै कुरा भुलेर
तिमी भित्र भएको युवा जोशलाइ
राष्ट्र निर्माणको खातिर
समर्पित गर्दै , उठ र आउ
यो देशको मुहार फेर्न ।।

facebook boost

“देशले के दियो हैन
देशलाई के दिएं ” सम्झिएर
अरुले के गरे हैन
मैले के गरे देशलाई भनेर
छोड अब लगाउन धारे हात
लगाउ पाखा-पखेरामा तिम्रा पौरखलाइ
भिजाउ पसिनाले माटो
पुल,पुलेसा,नहर अनि भुकम्पले भत्किएका
चर्किएका खण्डहर वस्तिहरुमा
बालिदेउ बिकाशको चहकिलो दिप ।
छोडी देउ अरुको टिक्का टिप्पणी गर्न
दोष अरुलाइ नदेउ अरुलाइ
सोच ,कतै आफ्नो पनि समाजको लागि
केही कर्तव्य छ ।
हेर त आफ्नो अन्तरदृष्टिले
जापान ,कोरिया ,दुबई ,सिङापुर
भएका हैनन् त्यसै समृद्ध र शक्तिशाली
त्यहाका जन-जनमा आफ्नो मातृभूमि
अटल प्रेम गासिएको छ ,
बेगले आउने सुनामी होस्
या भुकम्प नै ,
लागिपर्छ्न् आफ्नो मातृभूमिलाई
सुनौलो बनाउँन ।।

आउ युवाहरु फर्केर आउ
आफनै देशको माटो सिचाएर
हरियाली बनाउन आउ,
कुटो र कोदालो बोकेर
सम्याउ बारिका गर्ह्राहरु
सुनका बाला झुल्छ आलीमा
तिमीले चाहयौ भने ,मेहनत र पसिना आफ्नै
जन्मभुमी बगायौ भने चाडै नै
हाम्रै पाला यो प्राण भन्दा प्यारो देश
नेपाल समृद्ध बन्ने छ।


  • 501
  •  
  •  
  •  
  •  
  •  
  •  
    501
    Shares
प्रतिक्रिया
Loading...