134 - 134Shares
कविता
पानी परेसी घाम लाग्न
आकाशको बादल फाटनु पर्छ
चोटले भरिएको मन हल्का बनाउन
एकान्तमा बसी आँसु झार्नु पर्छ।

सधैं सोचे जस्तो हुन्न जीवन
हिडाइको क्रममा एक,दुई
ठक्कर खान सक्नु पर्छ।
तिमी र तिम्रो मन बाहेक हुन्न
कोही असल साथी चिन्नलाई
कहिलेकाहीँ आपत-बिपत आउनु पर्छ।
जीन्दगीमा सफलता र सम्मान
त्यसै मिल्दैन त्यसका लागि
धेरै आत्मबल साहस हुनु पर्छ
अंशु कार्की
मकवानपुर
134 - 134Shares