Thursday, October 1, 2020

सभामुखको टुंगो आज लगाउँदै ओली–प्रचण्ड, को बन्लान् ?

काठमाडाैं २ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकापा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख निर्वाचनलगायत विषयमा छलफल भएको छ ।

सभामुख निर्वाचनको विषयमा सकारात्मक कुराकानी भएको र संसद् बैठक बस्नुअघि टुङ्गो लगाउने सहमति भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा वार्ता सकारात्मक भएको र शुक्रबारसम्म सभामुखको विषयमा टुङ्गो लगाउने सहमति भएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच सभामुख चयनका विषयमा जारी गतिरोधलाई चाँडै निकास दिने सहमति भएको सचिवालयले जनाएको छ । सभामुख चयनका विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच आ–आफ्नै अडान हुँदा संसद्को बैठक अवरुद्ध भएको हो ।

नेकपाले सभामुखको विषय टुङ्गो नलगाएका कारण संसद्को बैठक तीनपटक सूचना टाँसेर सारिएको छ ।

पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सर्दै आइरहेको छ । माघ ६ गतेका लागि संसद् अधिवेशन बोलाइएको छ ।

सभामुख चयनका लागि बाटो खोलिदिन नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेको छ तर उपसभामुख तुम्बाहाङ्फेले सभामुख को बन्ने निश्चित भएपछि मात्र आफूले राजीनामाबारे सोच्ने नेकपाका शीर्ष नेतालाई जानकारी दिइसक्नुभएको जनाइएको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

  • 435
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    435
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 435
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    435
    Shares