सभामुख महरा र कोरियाका सांसद जु स्योङ योङबीच भेटवार्ता

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

काठमाडौं, २९ चैत – सभामुख कृष्णबहादुर महरा रगणतन्त्र कोरियाका सांसद एवं कोरिया–नेपाल संसदीय मैत्री संघका अध्यक्ष जु स्योङ योङबीच शिष्टाचार भेटवार्ता भएको छ । सभामुख महरा र जु बीचबुधबार (हिजो)संसद सचिवालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

सभामुख कृष्णबहादुर महरासँग भेटवार्तामा गणतन्त्र कोरियाका सांसद एवं कोरिया–नेपाल संसदीय मैत्री संघका अध्यक्ष जु स्योङ योङ ।

भेटवार्तामा अझैं दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै संसदीय अनुभव र अभ्यास आदान प्रदान गर्न संसदीय फ्रेन्डसीप ग्रुपलाई थप क्रियाशील बनाउनु पर्नेमा जोड दिइएको थियो ।

भेटका अवसरमा सभामुख महराले नेपालमा संघीय संसदको नयाँ अभ्यास शुरु गरेको भन्दै एक अर्कामा संसदीय अभ्यासको आदान प्रदानले दुई देशबीच राजनीतिक सम्बन्ध पनि थप सुमधुर हुने बताउनुभयो । ‘संसदीय अभ्यास, अनुभव आदान प्रदान र सहकार्यले राजनीतिक सम्बन्ध पनि स्थापित हुन्छ, महराले भन्नुभयो, ‘गणतन्त्र कोरियाबीच साँस्कृतिक सम्बन्ध पनि रहेको छ ।’

नेपालमा धेरै लगानी गर्ने देशहरुमध्ये कोरिया पनि प्रमुख लगानीकर्ता रहेको भन्दै सभामुख महराले अहिले हाइड्रो, मेडिकल औजार, होटेल व्यवस्थापन, इलेक्ट्रोनिक्सलगायतका क्षेत्रमा ठूलो लगानी रहेको बताउनुभयो । नेपालमा हाइड्रो पावर सञ्चालनका लागि निकै अनुकूल रहेकाले त्यसतर्फ लगानीका लागि सम्बन्धित मन्त्रालय र सरकारसँग सहकार्य गर्न सभामुखले आग्रह गर्नुभयो ।

नेपाली कामदारहरु ठूलो मात्रामा कोरियामा काम गर्न गएको बताउँदै सभामुख महराले नेपालीहरुको सुरक्षाका बारेमा चासो राख्नुभएको थियो । ‘अहिले कोरियामा नेपाली कामदारहरु ठूलो संख्यामा रहेका छन्, उहाँले भन्नुभयो ‘हामी कोरियाले नेपालीहरुलाई दिदै आएको अवसरको निरन्तरता होस्, र अहिले रहेका नेपालीहरु सुरक्षित रहून् भन्ने हाम्रो मुख्य चासो रहेको छ ।’

सो अवसरमा कोरिया–नेपाल संसदीय मैत्री संघका अध्यक्ष तथा कोरियाली संसदका जु स्योङ योङले नेपालीहरु निकै मेहनती, नम्र र अनुशासित रहेको बताउनुभयो । कोरियामा रहेका नेपालीहरु निकै इमान्दारीपूर्वक काम गरिरहेको भन्दै सांसद जुले नेपाली कामदारहरुको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

आफू कोरियाली संसदको पानीसम्बन्धी समितिको विशेषज्ञका रुपमा काम गरिरहेको भन्दै नेपालमा जलस्रोत प्रशस्त रहेकाले हाइड्रोमा राम्रो काम गर्न सकिने बताउनुभयो । भूकम्पको बेला कोरियाले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै जुले आफूहरुले नेपालको हाइड्रो पावरलगायत हरेक क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।

जुसँगको भेटघाटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूतलगायतको टोली रहेको थियो भने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सहसचिव एवं संसदका प्रवक्ता डा.भरतराज गौतमलगायतको पनि उपस्थिति रहेको थियो भन्ने जानकारी सभामुखका सञ्चार विज्ञ डिल्ली मल्लले दिनु भयाे।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment