धनकुटामा माइक्रोबस दुर्घटनामा चार जना गम्भीर घाइते

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

धनकुटा,२२ असार – कोशी राजमार्गअन्तर्गत धनकुटाको रमाइलो घुम्तीमा माइक्रोबस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रोबस आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका सहचालक सुरज तामाङ, यात्रु कमला भुजेल, ईश्वरी पौडेल र उमेश पोखे्रललाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला ट्राफिक प्रहरी धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताउनुभयो ।

घाइते अन्य १४ जना जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपछि घर फर्केका छन् । माइक्रोबसको बे्रेक फेल भई दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment