रियल म्याड्रिड च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

म्याड्रिड (एजेन्सी) – गए राति च्याम्पियन्स लिग क्वाटरफाइनल दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड युभेन्टससँग ३-१ ले पराजित भए पनि समग्रमा ४-३ ले विजयी भएको छ । खेलको अन्तिम प्रहारमा क्रिस्टियानो रोनाल्डोले आफ्नो पेनाल्टी परिणत गर्दै रियललाई रोमाञ्चक ढंगले अन्तिम ४ पुर्‍याए ।

पाहुना टोली युभेन्टसले पहिलो हाफमै दुई गोलको अग्रता लिन सफल भएको थियो । मारियो मान्डजुकिचले खेलको दोस्रो तथा ३७ औं मिनेटमा हेडिङ गोलहरु गर्दै टोलीलाई पुनरागमन नजिक लगेका थिए । खेलको ६० औं मिनेटमा ब्लेज माटुइडीले रियलका गोलकिपरको गल्तीको सदुपयोग गर्दै स्कोर ३-० बनाएका थिए ।

पहिलो लेग रियलले ३-० ले नै जितेकाले युभेन्टस र रियल समग्रमा बराबरीको अवस्थामा थिए । तर इन्जुरी समयमा लुकास भाजक्वेजले पेनाल्टी जित्न सफल भए । सो निर्णयबाट असन्तोष जियान्लुइजी बुफ्फोनले आफ्नो आक्रोश रेफ्रीलाई पोख्दा उनले रातो कार्ड पाउन पुगे ।

खेलको अन्तिम समयमा रोनाल्डोको पेनाल्टी रोक्न वोजियाक सेज्नी मैदानमा उत्रे पनि रोनाल्डोको बलियो प्रहार जाली चुम्न सफल रह्यो। यससँगै रियलले अन्तिम मिनेटमा गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित पारेको हो ।

त्यसैगरी अर्को क्वाटरफाइनल खेलमा बायर्न र सेभिया गोलरहित बराबरीमा रोकिए । समग्रमा बायर्न २-१ ले विजयी भएको हो । यसअघि एस रोमा र लिभरपुलले अन्तिम ४ मा आफ्नो स्थान बनाइसकेका थिए ।hamrokhelkud

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment