विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

१० जेठ २०७५ बिहिवारको राशिफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । मन प्रसन्न रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शुभकार्यको चर्चा चल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मिष्ठान्न भोजन प्राप्ति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) गरेका कार्यमा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । अनावश्यक धन खर्च होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । गरेका कामबाट राम्रै लाभ हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवाका कामबाट लाभ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । श्रमको उचित मुल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वत्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time