विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

राशिफल: १८ फाल्गुण २०७५ शनिवार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वादिष्ट भोजन पाईनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाब बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धार्मिक कार्य सफल रहनेछन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारजनको साथले नयाँ आशा जगाउनेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य सम्पादनमा सहजता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विचार परिवर्तन भै परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सन्तान सुख मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोवारमा मन्दी आउला । मानसिक चिन्ता बढ्नेछ । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । पढाइ लेखाइमा प्रगती हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time