विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

राशिफल: २२ माघ २०७५ मंगलवार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्राका विशेष अवसर मिल्नेछन् । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । धनार्जनपनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटावका रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले सताउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्योदय हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time