राशिफल: ६ माघ २०७५ आइतवार

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

165 Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यमा अवरोध आउला । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

165 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment