Monday, August 3, 2020

राशिफल: १२ कार्तिक २०७५ सोमवार

वि.सं. २०७५ साल कात्तिक १२ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर २९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन।

शरद ऋतु। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– पञ्चमी, १६:२६ बजेउप्रान्त षष्ठी। नक्षत्र– मृगशिरा, ८:३३ बजेउप्रान्त आर्द्रा।

योग– शिव, २२:५३ बजेउप्रान्त सिद्ध। करण– तैतिल, १६:२६ बजेदेखि गर, २७:२३ बजेउप्रान्त वणिज। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– मिथुन।

काठमाडौंमा सूर्योदय– ६:१३ बजे, सूर्यास्त– १७:२१ बजे र दिनमान २७ घडी ४९ पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । अचल सम्पत्तिको कारोवार हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका साथै सामान हराउन सक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । कुविचारमा मन जानेछ । अनावश्यक धन खर्च हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसित पनि मेलमिलाप हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । प्रेममा सफलता पाईनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । बैदेशिक क्षेत्र कमजोर रहला । – ज्यो.पं. नारायणप्रसाद दुलाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •