विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

राशिफल: १० पौष २०७५ मंगलवार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घर व्यवहारको समस्याले सताउला । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ । सरकारी निकाएको भय रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जोश जाँगर र हिम्मत वढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागी भइएला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ काममा हात हाल्ने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time