Wednesday, September 23, 2020

राशिफल : २२ मंसिर २०७५ शनिवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक कार्य अघी बढ्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रामा सावधानी अपनाउनु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । साथीभाइबाट हौसला प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •