विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

राशिफल: ८ वैशाख २०७६ आइतवार

  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

वि.सं. २०७६ साल वैशाख ८ गते। आइतबार। इश्वी सन् २०१९ अप्रिल २१ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– द्वितीया, १४:२९ बजेउप्रान्त तृतीया।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । नयाँ काम सुरु गर्ने समय आएको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बैदेशिक यात्रा तय गर्न सकिनेछ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time