विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

राशिफल: ०३ बैशाख २०७६ मंगलवार

  • 1.1K
  •  
  • 0
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

वि.सं. २०७६ साल वैशाख ३ गते। मंगलबार। इश्वी सन् २०१९ अप्रिल १६ तारिख। नेपाल संवत् ११३९ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– द्वादशी, २३:१७ बजेउप्रान्त त्रयोदशी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । रोमाञ्चक यात्रा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । लाभदायक यात्रा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाईएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधा आउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 1.1K
  •  
  • 0
  •  
  •  
  •  
  •  
    1.1K
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time