Saturday, October 31, 2020

राशिफल : २८ कार्तिक २०७५ बुधवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम गर्ने उत्साह र हौसला मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमणीय र सुखद यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सद्भाव बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ समाचार सुन्न पाइनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) झुटा आरोप आइलाग्न सक्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सफल यात्राको योग छ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •