Saturday, September 26, 2020

राशिफल : २६ कार्तिक २०७५ सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी होला । भूमिबाट लाभ रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक धन खर्च होला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । मानसिक चिन्ता वढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । मान प्रतिष्ठामा बृद्धि होला । दाम्पत्य जीवन सुुखमय रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गरेका काममा ढिलासुस्ती हुनेछ । सरकारी निकाएको भय रहला । आफन्तको सहयोग प्राप्त हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । विश्वास गरेकाले साथ दिनेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मिष्ठान्न भोजन प्राप्ति होला । आँटेकोे र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रामा मालसामान हराउन सक्छ ।लेनदेनमा सजकता अपनाउनु पर्नेछ । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •