विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

रेडियाे नेपाल र नेपाल टेलिभिजन पिएसबीमा रुपान्तरण हुने

  • 55
  • 6
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares

काठमाडौं, २० चैत- रेडियो नेपाल र नेपाल टेलिभिजन एक आपसमा गाभिएर सर्वजनिक प्रसारण संस्था पिएसबीमा परिर्वतन हुने भएको छ।

रेडियो नेपालको ६९ औं बार्षिकोत्सवमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिभिजन र रेडियो नेपाल एक आपसमा गाभिएर पिएसबीमा रुपान्तरित हुने र सम्बन्धित कर्मचारीहरुलाई सोही अनुसार मनस्थिती बनाउन आग्रह गरेका छन ।

आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले प्राविधिकरुपमा आधुनिक र आर्थिकरुपमा सक्षम भई जनताका चाहना र अनुसन्धानमा आधारित प्रसारण संस्थाका रुपमा रुपान्तरित हुन आग्रह गरे ।

 

पिएसबीका लागि भौतिक र कानूनी प्रवन्ध शुरु भइसकेको छ । स्रोत र दर्शककोसमेत प्रतिनिधित्व हुने संरचनासहित स्वायत्त संस्थामा रुपान्तरित गरिने पिएसबीको अवधारणामा उल्लेख छ । उनले भने, सम्भवतः अर्को वर्ष रेडियो नेपालले योरुपमा वार्षिकोत्सव मनाउँदैन । हामी पिएसबीमा गएका हुनेछौँ । त्यसका लागि आइपर्ने चुनौती र अवसरको सामना गर्न तयार हुनुस् । ठूलो प्रशासनिक फेरबदल हुनेछ । रेडियो नेपाल र टेलिभिजनको इतिहासमा उथलपुथल आउनेछ ।’

 

सरकारले रकम दिन्छ भनेर हात बाँधेर बसेर नहुनेमा जोड दिँदै उनले भने, ‘यो वृद्धभत्ता बाँड्ने संस्था होइन । यसलाई १६ वर्षको जवानीमा फर्काउनुपर्छ । यो देशलाई एउटै मालामा उन्ने राष्ट्रिय आवाज हो । हरेक बिहान मानिसलाई ब्यूँझाउने संस्थामा सबैले इमानदार भएर काम गर्नुपर्छ ।’

 

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संस्थाले प्रसारण प्रविधिमा सुधार गर्दै २१ भाषामा कार्यक्रम उत्पादन गरिरहेको जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 55
  • 6
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time