विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न काठमाडौँमा राष्ट्रिय बैठक

केही दिनमै काठमाडौँ घोषणा पत्र जारी हुने

  • 271
  •  
  •  
  •  
  •  
  •  
  •  
    271
    Shares

काठमाडौँ ।

राष्ट्रिय मानवअधिकार आयोग,  कोशिश, टिसिआई र युएनडिपीको संयुक्त आयोजना तथा फेल्म नेपालको सहयोगमा आज मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताको लागी विभिन्न सरोकारवालाहरुको बैठक आज काठमाडौँमा बसेको छ ।

बैठकमा गत अगस्ट २९, २०१८ मा इण्डोनेशियको बालीमा बसेको २१ देशका मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु तथा अन्य विभिन्न अपाङ्गता भएका वर्गको लागी काम गर्ने सहयोगी प्रतिनिधीहरुको बिच समावेशीकरणका लागी समुदायको रुपान्तरण-एशिया प्रशान्तको (TCI-Asia Pacific) पूर्ण बैठकबाट पारित घोषणापत्र नेपालमा पनि सार्वजानिक गरिएको छ । साथै मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको समावेशीकरणको सवालमा  यसै बैठकले मस्यौदा गरेको  काठमाडौँ घोषणा पत्र पनि केही दिनमा सार्वजानिक गरिने  राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन कोशिशका निर्देशक मातृका देवकोटाले जानकारी दिनुभयो ।

अपाङ्गताको सवाललाई नेपाल सरकारको उच्च तहबाट नै नितीगत रुपमा प्राथमिकताका दिएर सम्बोधन गर्ने प्रयास गरेको बताउनुहुँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव एवं अपाङ्गता अधिकार प्रवर्द्धन शाखाका प्रमुख पशुपति महतले बनेका निती नियमहरुको कार्यान्वयनमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

बैठकमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्माले मनोसामाजिक  अपाङ्गता भएका व्यक्तिहरुको विषय संघदेखी स्थानिय स्तरसम्म लैजानुपर्छ भन्दै यो क्षेत्रलाई प्राथमिकता दिएर हरेक विषयमा अगाडि बढाउन राष्ट्रिय अपाङ्ग महासंघ तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

यस्तै राष्ट्रिय मानवअधिकार आयोगको आयुक्त माननिय मोहना अन्सारीले मनोसामाजिक लगायत अपाङ्गता भएका व्यक्तिहरुको मुद्धालाई दिमागी रुपबाट मात्र नबुझेर अन्तरात्मादेखी नै महसुस गर्न सकेमा  अपाङ्गता भएका व्यक्तिहरुको समावेशी सहभागीताको समस्या हल हुने बताउनुभयो ।

सोही क्रममा अन्तराष्ट्रिय अधिकारकर्मी एवं TCI-Asia Pacific की निर्देशक भार्गव दावरले सन् २०१८ को मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको इण्डोनेसियामा भएको बैठकद्वारा जारी गरिएको बाली घोषणा पत्रको विषयमा चर्चा गर्दै एशियामा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको विषयमा जानकारी गराउनुभएको थियो ।

यसैबिच बैठकको अध्यक्षता गरिरहनुभएका राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त माननिय अनुपराज शर्माले मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको समावेशी सहभागीताको लागी हामी सबैले काम गर्नुपर्छ भन्ने बताउनुहुँदै अपाङ्गता अधिकारको लागी राष्ट्रिय मानवअधिकार आयोग हिजो पनि आज पनि र भोली पनि अपाङ्गता भएका व्यक्तिहरुसँग रहेको बताउनुभयो । उहाँले यो सवाललाई गम्भिरतापुर्वक लिएको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमका टेक टमाटा, यूनिसेफ नेपालका घनश्याम भुसाल, माई राइटको तर्फबाट घनश्याम कंडेल, युनाइटेड मिसन टु नेपालबाट प्रेम देवकोटा, सिआईएलका अध्यक्ष गणेश के.सी, राष्ट्रिय मानवअधिकार आयोगका माननिय आयुक्तहरु लगायत उपस्थित बैठकको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघका पुर्व अध्यक्ष सूदर्शन सूवेदीले गर्नुभएको थियो ।

 

 

 


  • 271
  •  
  •  
  •  
  •  
  •  
  •  
    271
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time