विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

राष्ट्रपति सहित प्रधानमन्त्री तथा विभिन्न सरकारी अधिकारीहरुबाट वसन्त श्रवण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी लगायत सरकारका उच्चपदस्थ अधिकारीहरुले आज बिहान वसन्त पञ्चमीका अवसरमा  हनुमानढोका दरबार परिसरमा वसन्त श्रवण गर्नुभएको छ ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख लगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरुले त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ । बार्षिक रुपमा मनाइदै आइएको यस परम्परा नेपालका साँस्कृतिक परम्पराको रुपमा स्थापित भइसकेको छ ।  उनीहरुले वसन्त श्रवण गरी टीका, माला र प्रसाद ग्रहण गर्नुभएको थियो ।

उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा तथा सभामुख अग्‍नि सापकोटाको समेत उपस्थित हुनुहुन्थ्यो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...