21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

नागरिक समाजद्वारा निर्वाचनको मिति घोषणा गर्न माग

राजनीतिनागरिक समाजद्वारा निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौँ, १३ माघ 

नेपाल नागरिक समाजले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा विगत १९ वर्षयता स्थानीय तहको निर्वाचन हुन नसकेको स्मरण गराउँदै स्थानीय सरकार लोकतन्त्रको आधारस्तम्भ हो भन्ने विश्वव्यापी मान्यताविपरीत यति लामो समयसम्म जननिर्वाचित प्रतिनिधिबिना स्थानीय निकायहरु सञ्चालन भइरहनु कुनै पनि लोकतान्त्रिक प्रणालीका लागि अत्यन्त लज्जास्पद अवस्था भएको उल्लेख गरिएको छ ।
लामो सङ्घर्ष र बलिदानीपश्चात् गठित संविधानसभाले निर्माण गरेको नेपालको संविधान सफल कार्यान्वयनका लागि संविधानतः २०७४ माघ ७ गतेभित्र तिनै तहको निर्वाचन हुनु अनिवार्य भएको उल्लेख गर्दै ज्ञापनपत्रमा निर्धारित समयमै तीनै तहको निर्वाचन हुन नसकेमा राजनीतिक र संवैधानिक सङ्कट आइपर्ने उल्लेख गरिएको छ ।
समाजले तीनै तहको निर्वाचनका लागि सुनिश्चित कार्यतालिका तयार पारी प्रारम्भिक चरणमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ ।

1.9kViews

Check out our other content

Check out other tags:

Most Popular Articles