Sunday, September 20, 2020

कविता: अंशु कार्कीकाे “जज गर्छन”

कविता

जज गर्छन।

घरबाट परदेश हिडेको छोराको
खबर सोध्दैनन् कसैले।

किताबको बाहिरी कभर हेरी
एक किसिमको जज गर्दछन सबैले।

के थाहा उनीहरुलाई घर देशदेखि
परदेश गएको छोराको हालत
कस्तो छ भनी बुझ्दैनन् कसैले।

रंगिन देखिने कभर भएको
किताबले मात्रै ज्ञान दिन्छ भनी
सोच्दछन सबैले ।

कति गारो हुन्छ धन कमाउन भनी
एक पटक तिम्रो बाबुलाई सोध
सधैं किन उहि पुरानो कोट लाएको
भनी हेर्छन सबैले।

हेर्दा महिलो,च्यातीनै लागेको किताबबाट
नि जीन्दगीलाई अगाडि बढाउन एक किसीम
हौसला र आत्मबल पाउँछन् सबैले।

अंशु कार्की
मकवानपुर
२०७६- जेठ -१३ गते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •