विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

कविता “बाकी छ”: अंशु कार्की

  • 146
  •  
  •  
  •  
  •  
  •  
  •  
    146
    Shares

अंशु कार्की


  • 146
  •  
  •  
  •  
  •  
  •  
  •  
    146
    Shares
  • 146
  •  
  •  
  •  
  •  
  •  
  •  
    146
    Shares

कविता “बाकी छ”


आजको यो रात बाकी छ,
मनमा गडेको बात बाकी छ।

 

धुदा पनि नमेटिने मुटुमा बिझेको,
तिमीले दिएको घात बाँकी छ ।
छाडी गयौ एक्लो बनाइ बैगुनी,
तिम्रा चोटहरूको जमात बाकी छ।

 

दुःखका अनुभूतिको खात बाँकी छ,
समयको कहरको लात बाँकी छ ।
हरियाली हरायो यहाँ जीवनको,
मात्र अाशारूपी एउटा पात बाँकी छ ।

 

कल्पनाको उन्माद र मात बाँकी छ,
मेहनतको दाल, तरकारी र भात बाँकी छ ।
मन लागोस् सधैँभरि सेवामा यो जीवन नै,
ईश्वरको सौगात बाँकी छ ।

 

भन्छन हर प्राणीमा ईश्वरको बाँस हुन्छ,
वर्षैांदेखी समाजमा गडेको कु-प्रथा अझै पनि जात-पात बाँकी छ।

 

-अंशु कार्की २०७५ चैत ९ गते । मकवानपुर ।


  • 146
  •  
  •  
  •  
  •  
  •  
  •  
    146
    Shares
प्रतिक्रिया
Loading...