विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

आजैदेखि विकसित देश बनाउने प्रण गरौंः प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हुम्ला, १ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गर्नुभएको छ ।


हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैं पछाडि रहन नसक्ने बताउनुभयो । ‘‘अब देशलाई विकसित बनाइन्छ,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं ।’’

प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को महत्व उत्तिकै रहेको बताउनुभयो । ‘‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ,’’ उहा“को भनाइ थियो, ‘‘सबै ठाउ“को महत्व आ–आफ्नै छ ।’’

प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउ“दै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाउनुभयो । कर्णालीबाट जडिबुटिको प्रबद्र्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाउनुभयो ।

सभा अगाडि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गर्नुभएको थियो ।

प्रधानमन्त्रीसमक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्यलगायतका माग प्रस्तुत गर्नुभएको थियो । स्थानीयका माग पूरा गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता दिलाउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time