Friday, January 15, 2021

क्युबामा विमान दुर्घटना हुदां सयभन्दा बढीको मृत्यु

क्युबामा विमान दुर्घटना भएकाे छ । ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानाकाे जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको  साे दुर्घटनामा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ।

त्यहाँकाे सरकारी एयरलाइन्स क्यूबाना डे एविएशनकाे ‘बोइङ ७३७’ नामक विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेका बेला दुर्घटना भएकाे हाे। मृत्यु हुनेमा ६ जना चालक दलका सदस्य रहेका छन् । साे दुर्घटनामा तीन जना मात्रै बाँच्न सफल भएका छन् र ती पनि गम्भीर घाइते रहेकाे जनाइएकाे छ ।

विमानमा यात्रुहरू मात्रै १०४ जना र क्याबिन क्रुलगायत कुल ११३ जना सवार रहेकाे बताइएकाे छ । प्रत्यक्षदर्शीहरूका अनुसार उड्नेबित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो। त्यसपछि विमानमा आगो लागेर विस्फाेट भएकाे हाे ।

गएराति (स्थानीय समय अनुसार दिउँसाे १२ बजेतिर) साे विमान दुर्घटना भएकाे हाे । विमान करिब ४० वर्ष पूरानाे रहेकाे जनाइएकाे छ ।

दुर्घटनापछि त्यहाँका राष्ट्रपति मिगेल डियाज़ कनेलले साे स्थलकाे अवलाेकन गरेका छन् । राहत तथा उद्धार टाेली समेत तत्कालै दुर्घटनास्थल पुगेकाे बताइन्छ ।

क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर साे विमान सञ्चालन गर्दै आएको थियाे । के कारणले दुर्घटना भएको हाे भन्ने खुलिसकेकाे छैन, साेबारे अनुसन्धान थालिएको त्यहाँका अधिकारीहरूले बताएका छन्।

तस्वीर : एएफपी

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares